२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको प्रधानमन्त्रीलाई प्रश्न: बालश्रम शोषण गर्ने सांसद कहिले समाउनु हुन्छ ?



अ+ अ-

काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमालेका सांसद रेखा शर्मालाई बालश्रम शोषणको अपराधका लागि तत्काल पक्राउ गर्न माग गर्नुभएको छ ।

प्रदेश सांसद रेखा शर्माको फोटो सहित सामाजिक सञ्जालमा एक स्टाटस राख्दै मेयर साहले यस्तो प्रश्न गर्नुभएको हो ।

प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्दे उहाँले अदालतले मुद्धा चलाउन भनेको व्यक्तीलाई किन पक्राउ नगरेको भन्दै कटाक्ष गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,

सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?