९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छः अर्थमन्त्री पौडेल

बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छः अर्थमन्त्री पौडेल
अ अ+ अ-

लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा आज अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पनि पहल गर्ने बताउँदै यसमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । यहाँको विकास भनेको प्रादेशिक अस्पताल र यसले दिने गुणस्तरीय सेवासँग पनि जोडिने भएकाले सोहीअनुसार लाग्न सबैलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गर्नुभयो ।

अस्पतालमा निर्माणाधीन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने बताउँदै अर्थमन्त्री पौडेलले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभएको उल्लेख गर्दै उहाँले दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको व्यवस्थापन पनि महत्वपूण विषय रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुनासोरहित सेवा नागरिकको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । शल्यक्रिया तथा अन्य सेवाका लागि महिनौंँ कुर्नुुपर्ने विषयसँग सम्बन्धित बजारमा आएका टिप्पणी उठाउँदै उहाँले सुधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेकाले अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न आग्रह गर्नुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधीन भवन निर्धारित समयमा सम्पन्न भई सञ्चालनमा आउने बताउनुभयो । “आयोजना जसले सञ्चालन गरे पनि जनताले कमजोरी तथा ढिलासुस्तीका विषयमा सबैभन्दा पहिलो विकास समिति, अस्पताल प्रशानलाई प्रश्न उठाउने भएकाले अस्पताल परिवारसँग आयोजनाले समन्वय गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले आयोजना कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गर्नुभयो । अस्पतालको सेवाका विषयमा बजारमा आएका आलोचनाबारे बोल्दै उहाँले सीमित जनशक्ति र स्रोतसाधानले ठूलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नुपरेको स्पष्ट पार्नुभयो । अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी सेवाग्राहीको भीड लाग्दा महिनौँसम्म लाइन लाग्नुपर्ने स्थितिको सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो ।

अस्पतालको विभागीय प्रमुखकोतर्फबाट डा वर्षा थापाले हाल उपलब्ध जनशक्ति भन्दा पनि तीनगुणा बढी सेवाग्राहीलाईसेवा उपलब्ध गराउनुपरेको जानकारी गराउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन ९मेसु० डा इन्द्र ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढिरहेको जानकारी दिनुभयो । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थप गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । रासस