१७ असार २०८३, बुधबार
,
Latest
मालिकाका विद्यालयमा मगर खाम भाषामा पढाइँ बेपत्ता बालिका खोलामा मृत फेला शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालमा टोकन प्रणाली सुरु भएसँगै भीड व्यवस्थापन हुँदै



अ+ अ-

चितवन । यहाँको भरतपुर अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न अस्पतालले टोकन प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।

हरेक दिन बिहान ६ बजे अघि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट ९मेसु० प्रा डा कृष्णप्रसाद पौडेल साइकलमा अस्पताल छिर्नुहुन्छ । बिहानीको व्यायामसँगै अस्पतालमा एक फन्को लगाएपछि उहाँ बिरामीको भीड व्यवस्थापन गर्न जानुहुन्छ ।

मेसु पौडेलले आफूसँगै भीड व्यवस्थापनका लागि अस्पतालका सुरक्षाकर्मीलाई सक्रिय बनाउनुहुन्छ । सुरक्षाकर्मीलाई काम लगाउन अस्पतालका कर्मचारी अजेस सुवेदीले साथ दिनुहुन्छ । मेसु प्रा डा पौडेल बिरामीको घुइँचोलाई व्यवस्थापनमा बिहानीको समय खर्चिनुहुन्छ ।

अस्पतालमा ओपिडी सेवाको टिकट लिन टोकन प्रणाली सुरु गरेसँगै बिरामीले आफ्नो पालोमा टिकट लिने र परीक्षण गर्न थालेका मेसु पौडेलले बताउनुभयो । यसले भीड व्यवस्थापन हुनाका साथै बिरामीले केही सहज भएको उहाँको भनाइ छ ।

टोकन लिने समयमा बस्नका लागि केही ठाउँको व्यवस्थापन गरिएको छ । पहिले टिकट लिन झण्डै एक घण्टा लाइनमा उभिनुपर्नेमा अहिले टोकन लिएपछि १० मिनेट पनि उभिनुनपर्ने मेसु पौडेलले जानकारी दिनुभयो ।

प्रा डा पौडेलले भन्नुभयो, “टोकन लिएपछि एक सयभन्दा बढी बिरामी बस्न मिल्ने ठाउँ बनाएका छौंँ । टोकनको पालो आएपछि काउन्टरमा गएर टिकट लिए पुग्छ ।” उहाँका अनुसार बिदाको भोलिपल्ट अस्पतालमा एकै दिन दुई हजार सात सय भन्दाबढी बिरामी आएको तथ्याङ्क छ ।

बिहानदेखि ओपिडी सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले बिरामीको घुइँचो भएपछि बहिरङ्ग सेवालाई विविधिकरण गरेको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टर सञ्चालन गरेको छ । जहाँ ७ बजेदेखि ९ बजेसम्म दीर्घरोगी, जेष्ठ नागरिकलगायत बिरामीलाई सामान्य परीक्षण गरेर औषधि थप गर्ने गरिन्छ ।

“बिहान ८ बजेदेखि १२ बजेसम्म विशेषज्ञसहित सबैका लागि बहिरङ्ग टिकट खुल्ला हुन्छ । यहाँ ९ः३० बजेदेखि ४ बजेसम्म परीक्षण हुने गर्दछ । पुनः १ देखि २ बजेसम्म इएसएस, डेण्टल र जनरल ओपिडि (जिओपिड)का लागि टिकट काउन्टर खुल्ला रहन्छ । यी सेवा पाँच बजेसम्म लिन सकिन्छ”, डा पौडेलले भन्नुभयो, “समग्रमा हामीले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तीन सिफ्टमा सेवा दिएका छौँ ।”

अस्पतालमा पछिल्लो समय एमआरआई सेवा थप गरिएको छ भने क्याथल्याब खरिदका लागि बोलपत्र आह्वान भइसकेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा ४० शय्या सघन उपचार कक्ष (आइसियु), २० शय्याको एनआइसियु, छ शय्याको पिआइसियुलगायत अति विशिष्टिकृत सेवा उपलब्ध छन् ।

बिरामीको उच्च चापका कारण कतिपय शल्यक्रियाका बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था हन्त्य नभएको पौडेलले बताउनुभयो । उहाँका अनुसार ल्याबकोलीका बिरामीले १४ महिनादेखि पालो कुर्नुपर्नेमा हाल एक वर्षमा झारिएको छ । शल्यक्रिया कक्ष थप गरेर पालो कुर्नुपर्ने समय घटाउँदै लगिने यहाँले उल्लेख गर्नुभयो । रासस