९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

प्रम पत्नि शाक्य र मन्त्री श्रेष्ठद्वारा खोकनाको रुद्रायणी अवलोकन

प्रम पत्नि शाक्य र मन्त्री श्रेष्ठद्वारा खोकनाको रुद्रायणी अवलोकन
अ अ+ अ-

ललितपुर । प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी  राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गर्नुभएको छ । विसं २०७२ सालको शक्तिसाली भुकम्पले क्षतिग्रस्त सो मन्दीर अवस्थाबारे जानकारी लिन  र खोकनाको महत्वपुर्ण चाँड पूर्णीमा नाच अवलोकन गर्न प्रम पत्नी शाक्य र मन्त्री श्रेष्ठ खोकना पुग्नुभएको हो ।
 
सो अवसरमा प्रम पत्नी शाक्यले रुद्रायणी मन्दिर पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । ‘मन्दिरको बाहिरको अवस्था हेर्दा राम्रो देखिएको छ तर भुकम्पले गर्दा भित्रभित्रै भत्किन थालेको देखियो मन्दिरका सबैभाग अवलोकन पछि प्रमपत्नि शाक्यले भन्नुभयो । मन्त्री श्रेष्ठले पुरातात्विक र  एतिहासिक कला संस्कृतिको नगरी खोकनाको मुख्य रुद्रायणी मन्दिरको तत्काल जिर्णोद्र गर्न जरुरी रहेको बताउनुभयो । ‘रुद्रायणी मन्दिर र खोकनाको अवस्थाबारे प्रधानमन्त्री ज्युले गम्भीर चासो राखेपछि उहाँको धर्मपत्नी र म यस क्षेत्र अवलोकन गर्न आएका हौ–मन्दिर परिसर र खोकनाको पुर्णिमा नाच अवलोकन गरेपछि मन्त्री श्रेष्ठले भन्नुभयो  । उहाँले भुकम्पले क्षतिग्रस्त मन्दिर र अन्य सम्पदा पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–रुद्रायणी मन्दिर क्षतिग्रस्त भएको विषय अत्यन्तै चिन्ताजनक छ, सरकारले यहाँको सम्पदा पुननिर्माण गर्न सरोकारवाला निकायलाई तत्काल निर्देशन दिनेछौ । उहाँले सयौवर्ष पुरानो इतिहास बोकेको खोकनाको संस्कृति र परम्परा जोगाउन सरकारले सबै सहयोग गर्ने बचन दिनुभयो । फरक प्रशंगमा मन्त्री श्रेष्ठले खोकना र बुंगमतिको सम्पदामा कुनै समस्या नपर्नेगरी फाष्ट ट्रयाक निर्माण गरिने बताउनुभयो । स्थानीय नेपाल डंगोल लगायत फाष्ट ट्रयाक पिडितले प्रधानन्त्री र मन्त्री श्रेष्ठलाई ध्यानकर्षण गराउँदै पत्र बुझाएका थिए । उहाँले खोकनालाई कुनै असर नपर्नेरी फाष्टट्रयाक निर्माण हुने जानकारी गराउनुभयो । 

अवलोकन गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिलज्ञवाली,पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । अवलोकन पछि पुरातत्व विभागका महानिर्देशक गौतमले भुकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनःनिर्माण गर्ने बताउनुभयो । उहाले सातौ सताब्दी देखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।‘यो क्षेत्रको तेल मिललाई बचाउनुपर्छ, इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामाग्री प्रयोगगरी निर्माण गरेर संरक्षण गर्नुपर्छ– प्रमपत्नि शाक्य र मन्त्री श्रेष्ठ समक्ष अनुरोध गर्दै भन्नुभयो । उहाले भन्। उहाँले सिमेन्ट प्रयोग गरेर भवन निर्माण गर्दा सम्पदा क्षेत्र संरक्षण हुन नसक्ने बताउनुभयो ।लगत्तै मन्त्री श्रेष्ठले खोकनाको सम्पदा विकासको लागि सरकारले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–सतप्रतिशत आदिवासी बस्दै आएका यो क्षेत्रको सांस्कृतिक र पुरातात्विक क्षेत्रलाई विकास गर्न सरकार सम्पुर्णरुपमा तयार रहेको उहाँको भनाई थियो । रुद्रायणी मन्दिर पुननिर्माण गर्न  तत्काल पहल गर्नेछौ–मन्त्री श्रेष्ठको भनाई थियो । 

सो अवसरमा ललितपुुर महानगरपालिका –२१ का अध्यक्ष रविन्द्र महर्जनले  भुकम्पले क्षतिग्रस्त रुद्रायणी  लगायत खोकनाको सम्पदा पुननिर्माण गर्न प्रमपत्नी शाक्य र मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । प्रमपत्नी शाक्य र मन्त्री श्रेष्ठले देवता खलकको नाच अवलोकन गर्नुभएको थियो । रुद्रायणी लगायतका सम्पदाको अवस्थाबारे अवलोकन गर्न र पूर्णीमा नाच अवलोकन गर्न नेकपा पार्टी नेता एवं पुर्व सांसद शुसिला नेपाल नेकपा जिल्ला अध्यक्ष हरीकृष्ण महर्जन, सचिव एवं प्रदेश सांसद राजकाजी महर्जन,  प्रदेश सांसद जीवन खड्का, ज्ञानेन्द्र शाक्य,पार्टी प्रचार प्रमुख स्वयंम्भुराज डंगोल लगायत उपस्थिति रहेको थियो । प्रमपत्नि शाक्य र मन्त्री श्रेष्ठलाई खोकनावासीले स्वागत गरेका थिए । उहाँहरुले देवताहरुको पुजा गर्नुभएको थियो ।