२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपाल २–० गोलले पछि पर्यो



अ+ अ-

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा बंगलादेशले आयोजक नेपालविरुद्ध २–० गोलको अग्रता बनाएको छ ।

बंगलादेशका लागि दुबै गोल मिराजुल इस्लामले गरे । खेलको इन्जुरी समयमा मिराजुलले पहिलो गोल गरे । उनले फ्रिकिकबाट सुन्दर गोल गरे ।

नेपालका गोलकिपर जयरथ शेखले गोल बचाउने कुनै मौका नै पाएनन् ।

यस्तै दोस्रो हाफमा ५५ औं मिनेटमा मिराजुलले गोल गर्दै अग्रता दोब्बर पारे । उनले हेडरमार्फत गोल गरे । जारी प्रतियोगितामा उनको यो चौंथो गोल हो ।