४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राजाबाबु जैसवालले आफ्नै शरीरमा आगो लगाए

राजाबाबु जैसवालले आफ्नै शरीरमा आगो लगाए
अ+ अ-

चितवन: बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले आज जानकारी दिएको छ । उनको काठमाडौँस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक रिजालले बताउनुभयो ।रासस