२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग ओमानका विदेशमन्त्रीको शिष्टचार भेट



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग दुई दिने नेपाल भ्रमणमा ओमानी प्रतिमण्डलको नेतृत्व गर्दै आउनुभएका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेट गर्नुभएको हो ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नती भएर सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने र सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको बताउदै यसका लागि नेपाललाई ओमन सरकारको सर्वभौम कोषलगायत अन्य मित्र राष्ट्रबाट सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो संभावना विद्यमान रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको संख्या बढ्दै गएको अवस्थामा काठमाडौमा ओमानको राजदूतावास स्थापना गर्दा दुवै देशका लागि उपयुक्त हुने उल्लेख गर्नुभयो । त्यसतै उहाँंले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्धत मिल्ने औंल्याउनुभयो ।

सो भेटमा ओमनका विदेशमन्त्री सैयदले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला ह्दयले नेपालसंग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताउनुभएको सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

सैयदले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने ओमानमा रहेका नेपालीहरूले ओमानको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेको बताउनुभयो ।