९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार

भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार
अ अ+ अ-

भादगाउँ । भक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा रानीपोखरी अध्ययन समिति गठन गरेको थियो । 

समितिले रानीपोखरीको ऐतिहासिक पक्ष, पोखरीको मौलिक स्वरूपलगायतका सबै पक्षको अध्ययन गरी प्रतिवेदन तयार गरेको बताइएको छ । सोही समिति र प्रतिवेदनको आधारमा नगरपालिकाले पोखरीको पुनःनिर्माण गरिरहेको छ । समितिले सो प्रतिवेदन बुधबार भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदाको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढङ्गले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताउनुभयो । “नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणलगायत सार्वजनिक सम्पत्ति संरक्षणको कार्यलाई अगाडि बढाइएको छ”, नगरप्रमुख प्रजापतिले भन्नुभयो, “काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा पनि भक्तपुरले प्राविधिक तथा आवश्यक कालिगड सहयोग गरेको हो ।”

नगरप्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिलाई जनताको साझा सम्पत्तिको रूपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । उहाँले भक्तपुरको इतिहासलाई जीवित बनाउने कार्यमा पनि जोड दिइरहेको बताउनुभयो ।    

नगर उपप्रमुख रजनी जोशीले जनप्रतिनिधिको बहालीपश्चात् लामो समयदेखि जीर्ण रहेको भक्तपुरको रानीपोखरीको संरक्षण गरी पुनःनिर्माण कार्यलाई अगाडि बढाइएको बताउनुभयो । रानीपोखरी पुनःनिर्माणका क्रममा विभिन्न अध्ययन अनुसन्धान भएको र सोबाट नयाँ तथ्य र प्रमाणसमेत प्राप्त भएको बताउँदै उहाँले रानीपोखरी अध्ययन समिति कार्यदलप्रति धन्यवाद दिनुभयो ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौँ उपत्यकाका सम्पदा विस्तारै मासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्त अमूर्त सम्पदालाई मौलिक शैलीमा पुनःनिर्माण गर्ने कार्य प्रशंसनीय भएको बताउनुभयो । उहाँले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरूप कायम गर्नु महत्वपूर्ण भएको बताउँदै उपत्यकाका पोखरीबारे अध्ययन अनुसन्धान गर्नुपर्ने र पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री हुने ढङ्गले निर्माण गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक प्रा डा श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा ४० वर्ष अगाडि बनेको भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हु पुखु’ रहेको जानकारी दिनुभयो । रानीपोखरीको ऐतिहासिक महत्वमाथि प्रष्ट पार्दै प्रा डा श्रेष्ठले पाँच महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखबाट थाहा हुन आएको बताउनुभयो ।

भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानीपोखरीबारे थ्रिडी प्रस्तुतीकरण देखाउनुभएको थियो । उक्त थ्रिडीको प्रस्तुतीकरण कार्यदलका सदस्य सचिव रामगोविन्द श्रेष्ठले गर्नुभएको थियो ।