१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका श्वेता खड्का मंसिर २२ गते विजयेन्द्र सिंह रावतसँग बिहे गर्दै



अ+ अ-

काठमाडौं । नायिका श्वेता खड्काले मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी छन् । विवाहको लागि नायिका खड्काले गोकर्ण फरेष्ट रिसोर्टलाई छनौट गरेकी छन् । उनको बिहेका निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको विभिन्न समाचारमा खुलाइएको छ । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।

श्वेताले चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको विवाह नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते भएको थियो । विवाहको एक महिना पश्चात श्रीकृष्णको निमोनिया र बोन क्यान्सरको उपचारका क्रममा वि.सं २०७१ साल साउन २५ गते, अगस्ट १०, २०१४ मा नयाँ दिल्ली, भारतको सर गगां राम अस्पतालमा निधन भएको थियो । श्रीकृष्णको निधन ४७ को उमेरमा भएको हो । 

यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध रहेकी छिन् । हाल उनी विवाह वन्धनमा बाधिन लागेकी विभिन्न समाचार मार्फत बाहिरिएको छ ।