३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकसँग शेयर मार्जिन कर्जा ७० प्रतिशत नै कायम गर्न लगानीकर्ताहरुको माग



अ+ अ-

काठमाडौँ । पूँजी बजारका लगानीकर्ता सम्बद्ध संघसंस्थाहरु शेयर मार्जिन कर्जाको परिमार्जन सम्बन्धी बुँदा तुरून्त फिर्ता गर्न नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूह सम्बद्ध लगानीकर्ताहरुले आज आइतबार राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन् । 

मौद्रिक नीतिमा शेयर मार्जिन कर्जा ७० प्रतिशत कायम गरिएमा हालै राष्ट्र बैंकले त्रैमासिक समीक्षा गर्दै शेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांश राखिएकोमा लगानीकर्ताहरुले आपत्ति जनाएका छन् । साना साना लगानीकर्ताहरूको भर्खर शेयर बजारमा भएको प्रवेशलाई निरन्तरता दिन,पूँजीबजारको लगानीकर्ताहरूको लगानीको पनि सुरक्षा गर्न हालै मौद्रिक नीति मार्फत फेरबदल नगर्न लगानीकर्ताहरुले जोड दिएको छन् ।  विगतमा १८८१ सूचकांक पुग्दा शेयर बजारमा करिव ८० प्रतिशत वाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको शेयरको मुल्य र हालको बजार मुल्य २५ देखि ३० प्रतिशत पनि पुग्न नसकेको अवश्थामा अकस्मात् राष्ट्र बैंकलाई बजारमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता कसरी पर्न गए होला भन्दै आम लगानीकर्ताहरूको  राष्ट्र बैंकसंग  ज्ञापन पत्र अन्तरगत  प्रश्न पनि गरेका छन्।