६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन सुपर कपको उपाधि लेभरकुसेनले जित्यो



अ+ अ-

काठमाडौँ । जर्मन सुपर कपको उपाधि लेभरकुसेनले जितेको छ । गएराति भएको फाइनल खेलमा स्टुटगार्टलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै लेभरकुसेन च्याम्पियन बनेको हो ।

निर्धारित र थप समयसम्म खेल २–२ गोलको बराबरी भएपछि विजेताको टुंगो टाइब्रेकरबाट लागेको थियो ।

खेलको ११ औं मिनेटमा भिक्टर बोनीफेसले गोल गर्दै लेभरकुसेनलाई सुरुवाती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा एन्जो मिलोटले गोल फर्काउँदै स्टुटगार्टलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, ६३ औं मिनेटमा डेनिज उन्डभले गोल गर्दै स्टुटगार्टलाई २–१ ले अघि बढाए । ८८ औं मिनेटमा प्याट्रिक सेसिकले गोल गर्दै लेभरकुसेनलाई २–२ गोलको बराबरी ल्याएका थिए ।

खेलको ३७ औं मिनेटमा मार्टिन टेरिअरले रातो कार्ड खाएपछि लेभरकुसेन १० खेलाडीमा समेटिएको थियो ।