२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

(मलाई खुलाइदेउ)

(मलाई खुलाइदेउ)
अ अ+ अ-

कुबेर शर्मा 

एकातर्फ मस्र्याङ्दी र अर्कोतर्फ दरौँदी नदीको संगम । त्यही संगममा ६४२ रोपनी जग्गामा फैलिएका गोरखकाली रबर उद्योग । विशाल भवन, मेसीनरी सामान, कर्मचारीको लागि कार्यालय, आवास र मैदान समेत प्रसस्त छ । बडो जोस र उत्साहले नेपालमा पहिलो पटक रबर उद्योग स्थापना गरियो । तत्कालीन नेपाल आयल निगम र साल्ट ट्रेडिङका कार्यकारी प्रमुखहरु शुवर्ण विक्रम थापा र इन्दु बहादुर शाहीको योजनामा उद्योगको खाका कोरियो । विसं २०४१ साल जेष्ठ ३० गते कम्पनीको रुपमा स्थापना भएपछि २०४९ सालमा उत्पादन समेत सुचारु भयो ।  

उद्योग प्रवेश, विश्राम र कार्यालयबाट निस्कने समयमा कर्मचारीका लागि सुचक साइरन बज्थ्यो । यी सुचक साइरन बज्दा उद्योग प्राङ्गणमा कर्मचारीको आवत जावतले छुट्टै माहौल सृजना गरेको थियो । उद्योग वरपर रहने स्थानीयको जीवनस्तर आएको सुधारले धेरैलाई स्वरोजगार र स्वाभिमानी बनाएको थियो । 
गोरखकाली रबर उद्योगबाट उत्पादित टायरहरु कुनै समयमा नेपालीहरुका प्रिय उत्पादन थिए । गोरखकाली टायर आयो गोरखाली भन्दै नेपालका कुना कन्दरामा गुड्थे । कच्ची सडकमा चल्ने गाडीहरुले खोजी खोजी प्रयोग गर्थे गर्ने । नारायणगढ, पोखरा, विराटनगर, काँकडभिट्टा, इटहरी, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्जलगायत प्रमुख शहरमा बिक्री डिपोहरु स्थापना गरियो । कुनै बर्ष यहाँको उत्पादन नेपालमा मात्र हैन भारत, श्रीलङ्का र बंगलादेशमा समेत निर्यात भयो । नेपालको समृद्धिमा भुमिका निर्वाह गर्ने प्रमुख सुचिमा रहेको थियो उद्योग ।  

तर यो उद्योग जीर्ण, रोगी र अशक्त एकैदिन वा एकै समयमा भएको भने होइन ।
मेरो संरक्षक, मेरो अभिभावकका रुपमा कोही सक्षम व्यक्ति आउँछ, जिम्मेवार निकायले मेरो रेखदेख गर्छ, मलाई तन्दुरुस्त बनाउँछ भन्ने अपेक्षामा यो संरचना रहिरह्यो । तर त्यो दिन अहँ, अझै पनि आएको छैन । कमजोर बनेसँगै यस कम्पनीको उपचारको लागि भन्दै हरेक सरकारसँग रकम मागगर्ने र कर्मचारीलाई तलब खुवाउने मात्र हुनथाल्यो ।

मलाई खुकुरीको धारमा हिँडाएर आफ्नो गोजी भर्ने क्रियाकलाप पनि भए । जसले नदेखिँदो रुपमा मलाई थप कमजोर बन्दै गए, यो नै यसको अहिलेको अलाप हो । 
भग्नावशेश जस्तै भैसकेको यसबाट कुनै अपेक्षा नदेखेर नै होला, एडिबीले तत्कालिन समयसम्मको ऋण चुक्ता गरिदिएर आफु लगानीबाट अलग भयो । त्यसपछि नेपाल सरकारको शेयर ५७ प्रतिशत पुग्यो । 

२०७१ चैत्रसम्म जसोतसो उत्पादन गर्दै थियो । तरपछि उत्पादन नै रोक्ने निर्णय भयो । त्यसपछि त यो कम्पनी नै साह्रै कमजोर भएको निष्कर्ष पो निकालियो । यसरी काम गर्दागर्दै, नेपालका सवारी चालकहरुको मन मस्तिष्कमा यसको लोकप्रियता रहँदा रहँदै कहाँका कुन डाक्टरले यस्तो निष्कर्ष निकाले रु बडो अचम्मको कुरा छ । 

यसलाई पुर्नर्जीवित गर्न सकिन्छ या सकिन्न भन्ने बिषयमा अध्ययन गर्न समिति गठन भयो । यद्यपी फेरी उत्पादन गर्न सक्छ कि भन्ने प्रतिवेदन कसैले दिएनन् । अन्ततः २०७५ चैत्रमा उत्पादनमा काम गर्ने सबै कर्मचारीलाई बिदा गरेससँगै यसलाई एक किसीमले भन्नुपर्दा कोमामै राख्ने काम भयो । हुनत पटक पटकका अध्ययनहरुले यो संस्था जीवित र तन्दुरुस्त हुन सक्छ भन्ने विश्वास नै भेटिएन । यद्यपी यो कम्पनीले भने उत्पादन दिनसक्छु भन्ने आँट र हिम्मत अहिले पनि छ । मलाई रहर छ, नयाँ प्रविधि सहितको उत्पादन गरौँ र ठूलो मात्रामा भैरहेको टायरको आयात रोकी टायरमा देशलाई आत्मनिर्भर बनाऔँ– गोरखकालीको अन्तरआत्माको आवाज हो यो ।

यतिबेला यो कम्पनीले उत्तर हैन थुप्रै प्रश्नहरु बोकेको छ । धेरै स्थानमा उद्योग स्थापनाका लागि जग्गा अधिग्रहण गर्न, डीपीआर, ईआईए, आइएइए गर्न नीति, कार्यक्रम र बजेट राखिएको छ तर सरकारले कुनै समय चलाउँछु भनेर खोलेको एक मात्र रबर उद्योग किन चलाउने चेष्टा गर्दैन ? नेपालको संविधान, २०७२ को राज्यका नीतिअन्तर्गत रहेको अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीतिदेखि उद्योगसम्बन्धी विभिन्न ऐन, नियम, निर्देशिका, कार्यनीति आदि र दिगो विकास लक्ष्य, राष्ट्रिय योजनाका लक्ष्य तथा रणनीतिहरूले सुदृढ अर्थतन्त्रका लागि उद्योग स्थापनाको कल्पना गरे पनि हामीजस्ता हुँदाखाँदाका उद्योगहरूलाई किन चल्न दिईदैन् ?

जुन उद्योगले वर्तमानको प्रतिश्पर्धात्मक बजारमा उत्पादन दिँदैन त्यस्तालाई बन्द गर्नु नै उचित हुन्छ भन्दै गर्दा समयानुकुल यसको क्षमता विस्तार गर्न किन प्रयत्न गरिएन ?
पछिल्लो चरणमा त न मन्त्रालय, न सञ्चालक न कर्मचारी कोही पनि यसको सञ्चालनमा उत्सुक रहेनन् । त्यसो हो भने यसलाई निजीकरण गर्नु वा राष्ट्रिय हित अनुकुल रहने गरी बाहिय् लगानी कर्तालाई किन सञ्चालन स्विकृति दिन सकिएन ?

के बन्द गर्नु नै अन्तिम विकल्प हो ? होइन भने गर्न सकिने प्रयत्न किन भएन ? । नेपाली मन भन्छन्– गोरखकाली रबर उद्योगको उत्पादन फेरि नेपाली सडकमा घुमेको हेर्न र नेपाली ग्राहकको पहिलो रोजाई बनाउन मन छ । टायरको आयात रोक्न किन नसकेको होला देशले ? यसमा कमिसन खाने को को हुन् ? अब किन नचिन्ने ? नेपाली अर्थतन्त्रलाई टेवा दिनुछ । अन्तिम विकल्प बन्द गर्नु नै होला । तर पनि यतिबेला यो उद्योग भन्छ– मलाई खुल्न मन छ, मलाई खुलाई देउ, मलाई हिड्न, गुड्न र दौडिन मन छ ।