२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्छ: वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रर्वद्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलका क्रममा सांसद गौतमले संविधानले नै दलित भनेको भन्दै संशोधनमार्फत हटाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कसैले पनि भेदभाव गरे उनीहरुमाथि कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले दाचार नीति विद्यालय, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका लागि पनि जारी गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल र नेपाली जनतालाई साँच्चिकै माथि उठाउन र सांस्कृतिक रुपले उन्नत, सभ्य बनाउन चाहेको भए परिवारका लागि पनि सदाचार नीति जारी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले नै दलित भनेर भनेको छ । मेरो मान्यता दलित भन्न हुन्नथ्यो । संशोधन गरेर हटाइदिनुपर्छ । कसैले पनि भेदभाव गरे भने उनीहरुमाथि कारबाही हुनुपर्छ । कसैले पनि त्यस्तो किसिमको व्यवहार गरे भने दलित सम्बन्धी आज भन्दा अघि जे गर्दथे । त्यस्तो गरे भने जसले गरेको छ, उसमाथि कारबाही हुनुपर्छ । यस्तो सबै किटान गर्नुपर्छ र सदाचार नीति, स्कुल, गैरसकारकारी संस्था, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, के हो सदाचार नीति त्यो जारी गर्नुपर्छ । सँगै परिवारको निम्ति पनि जारी गर्नुपर्छ । यदी हामीले नेपाल र नेपाली जनतालाई नै माथि उठाउन चाहेको हो, सांस्कृतिक रुपले उन्नत, सभ्य बनाउन चाहेको हो भने परिवारलाई पनि जारी गर्नुपर्छ । हरेक परिवारले परिवारभित्र गर्न नहुने र गर्नपर्ने के हो त्यो नीति पनि जारी गर्नुपर्छ र त्यसो नगरे तदनुरुपको कारबाही हुनुपर्छ । यि सबै विषय सँगै लैजानुपर्छ ।’

सांसद गौतमले सदाचार नीतिअनुसार नचल्नेलाई कारबाही गर्नुपर्ने बताउनु भयो ।