२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री भण्डारीसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा नेपालका लागि अष्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई ज्ञापन गर्नुभयो । नयाँ आउने राजदूतले आगामी दिनमा समेत नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध थप विस्तार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

दुई मुलुकबीच मित्रता, सहयोग, पारस्परिक विश्वास र सम्मानमा आधारित सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “अष्ट्रेलिया नेपालको मित्रराष्ट्र हुनाका साथै विकास प्रक्रियाको महत्वपूर्ण साझेदार रहँदै आएको छ, नेपालले स्वास्थ्य, जनजीवन, शासकीय प्रबन्ध, जनशक्ति विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट सहयोग प्राप्त गर्दै आएको छ ।”

अष्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अष्ट्रेलियामा उपलब्ध सहयोगका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अष्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटकको सङ्ख्या थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

“नेपालको सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई सहज, दिगो र अपरिवर्तनीय बनाउन र नेपालले दिगो विकासका लक्ष्य प्राप्तिका लागि थप स्रोत, प्रविधि तथा साझेदारी आवश्यक छ”, मन्त्री भण्डारीले भन्नुभयो, “यस सन्दर्भमा व्यापार, लगानी तथा पर्यटनलगायत क्षेत्रमा नेपालले अष्ट्रेलियाबाट थप सहयोगको अपेक्षा गरेको छ, अष्ट्रेलियामा रहेर महामहिमले यस क्षेत्रमा सहयोग पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।”

लगानीको दृष्टिकोणबाट समेत अष्टे«लिया प्रमुख मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपालमा सूचना प्रविधि, जलविद्युत्, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेकाले लगानीको पहलका लागि राजदूत भोल्कसमक्ष आग्रह गर्नुभयो ।

सो अवसरमा राजदूत भोल्कले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन तथा शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपालमा आयोजना गरिएको व्यापार तथा लगानी प्रवद्र्धन समितिको पहिलो बैठक दुई मुलुकबीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण हुने अपेक्षा राख्नुभयो ।

राजदूत भोल्कले अष्ट्रेलियामा रहँदासमेत नेपाल र नेपालीको हकहितको विषयमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटघाटका अवसरमा मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीलगायत मन्त्रालयका अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति रहेको थियो ।