२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सूर्यविनायक नगरपालिका र डोलेश्वरको अवलोकन



अ+ अ-

भक्तपुर: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय निकायलाई प्रशस्त अधिकार दिएकाले ती अधिकारको समुचित प्रयोग गर्दै विकासमा लाग्न आग्रह गर्नुभएको छ ।

आज सूर्यविनायक नगरपालिका कार्यालय पुगेर यहाँका विकासको गतिविधिबारे जानकारी लिनुहुँदै उहाँले भौतिक विकाससँगै मानसिक विकासमा पनि लाग्न सुझाव दिनुभयो । “संविधानले स्थानीय पालिकालाई धेरै अधिकार र जनतासँग जोडिएर काम गर्ने अवसर दिएको छ । जनतासँग सरोकार रहेका र आफ्ना गाउँघरका समस्या स्थानीयस्तरमै समाधान गर्ने अवसर दिएकाले यसको सदुपयोग हुन आवश्यक छ । भौतिकसँग मानसिक विकासमा पनि स्थानीय तहले जोड म आग्रह गर्न चाहन्छु ।”

पूर्वराष्ट्रपति भण्डारीले नगरपालिकामा उपप्रमुखको नेतृत्वमा गठन भएको न्यायिक समिति जनताको न्यायको क्षेत्र भएको बताउनुभयो । उहाँले सबै जनता अड्डा अदालत धाउन सक्दैनन् भन्ने ध्येयले स्थानीय समस्या स्थानीयस्तरमै समाधान गर्न संविधानमा यस्तो व्यवस्था राखिएको उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले जनतासँग सुमधुर सम्बन्ध बनाएर कसरी जनतालाई सुख, शान्ति र समृद्धि दिन सकिन्छ भनेर जनप्रतिनिधिले बढीभन्दा बढी काम गर्नुपर्ने सुझाव दिनुभयो । “पालिकाले भौतिक विकास मात्रै नभई मानसिक विकास र सीपयुक्त जनशक्ति उत्पादनका लागि शिक्षा, स्वास्थ्यका साथै दिगो विकासको लक्ष्य हासिल गर्नेगरी अगाडि बढ्नुपर्छ । स्थानीय स्रोत र साधनको उचित प्रयोग एवं संरक्षण गर्दै यहाँका सम्पदाको संरक्षणमा पनि चासो दिनुपर्ने आवश्यकता देखेको छु”, उहाँले भन्नुभयो।

नगरपालिकाको कर्यकक्षमा भएको कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले नगरपालिकाको समग्र विकासका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले पूर्वराष्ट्रपति भण्डारीलाई यहाँको विकास, शिक्षा, स्वास्थ्य एवं सम्पदाको अवस्थामा जानकारी दिनुभयो ।

नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरपालिकाको स्थापनाकालदेखि हालसम्म भएको प्रगति र नगरपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभयो । नगरपालिकामा प्रमुख थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, नगरकार्यपालिकाका सदस्य र कर्मचारीलगायतले पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्नु भएको थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा डालेश्वरको दर्शन 

पूर्वराष्ट्रपति भण्डारीले आजै भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको पूजा एवं दर्शन गर्नुभएको छ ।

डोलेश्वर मन्दिर पुग्नु भएका उहाँले डोलेश्वर पूजा, दर्शन, आरती गर्नुका साथै मन्दिरको अवलोकन गर्नुभएको थियो । मन्दिरमा उहाँलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरका अध्यक्ष वचन देउजा, नगरप्रमुख वासुदेव थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रवक्ता रवीन्द्र सापकोटा, वडाध्यक्षहरु डोलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक थापालगायतले स्वागत गर्नुभएको थियो ।  रासस