९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सचिव मिस्री उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता



अ+ अ-
काठमाडौँ: भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट प्रस्थान गर्नुभएको छ ।
परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार यहाँ आउनुभएका उहाँलाई आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले बिदाई गर्नुभयो । भ्रमणका क्रममा सचिव मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हित र सहयोगका विविध बिषयमा छलफल गर्नुभएको थियो ।
यसैगरी उहाँले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
यसैगरी विदेश सचिव मिस्रीले भ्रमणका क्रममा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरी द्विपक्षीय आपसी हित र सहयोगका विविध बिषयमा छलफल गर्नुभएको थियो ।
परराष्ट्र सचिव लम्साल र विदेश सचिव मिस्रीबीच आज द्विपक्षीय भेटवार्ता भएको थियो । सो अवसरमा दुवै पक्षले नेपाल–भारत सम्बन्धलगायतका समग्र पक्षको समीक्षा गरेका थिए । दुई पक्षबीच ऊर्जा, भौतिक तथा डिजिटल कनेक्टिभिटी, कृषि, पर्यटन, व्यापार तथा पारवहनलगायत विषयमा सहकार्य बढाउने तथा जनता–जनता सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल भएको थियो ।
साथै दुवै पक्षबीच नियमित द्विपक्षीय संयन्त्रमार्फत अगाडि बढ्ने विषयमा सहमति भएको छ । सचिव लम्सालले उहाँको सम्मानमा आज दिवाभोजको आयोजना गर्नुभएको थियो ।