९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउछौ – महासंघका अध्यक्ष शेखर गोल्छा

किसानहरुलाई प्रोत्साहन गर्ने  कार्यक्रम ल्याउछौ – महासंघका अध्यक्ष शेखर गोल्छा
file
अ अ+ अ-

काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म रोजगारीका अवसरहरु बढाउन नसकिने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म देशमा रोजगारीका अवसरहरु बढ्न नसक्ने बताउनुभएको हो । त्यसैले महासंघले साना र मझौला उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहजै कर्जा उपलब्ध गराउने विषयमा काम गर्ने बताउनुभयो ।

महासंघले एक सय दिन भित्रमा तयार पार्ने कार्यविधिमा यो विषयलाई प्राथमिकताका साथ समावेस गरी कार्यान्वयनमा लगिने पनि उहाँले बताउनुभयो । यस्तै कृषि क्षेत्रमा रहेको परम्परागत उत्पादनलाई प्रतिस्थापन गरी बढी फाइदा दिने वस्तुहरुको उत्पादन गर्ने तर्फ किसानहरुलाई प्रोत्साहन गर्ने सम्बन्धमा समेत महासंघले काम गर्ने अध्यक्ष गोल्छाले बताउनुभयो । 


महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने महासंघलाई कमजोर बन्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्योगी व्यवसायीको हितमा सधै महासंघलाई बलियो गरी उपस्थित हुने वातावरण निर्माण गरिने पनि ढकालले बताउनुभयो ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले महासंघ नेतृत्व समक्ष साना तथा मझौला उद्योगीहरुको हितमा एकजुट भएर काम गर्न आग्रह गरेका छन् । उनीहरुले पक्ष विपक्ष भन्दापनि साझा समस्यालाई एकजुट भएर समाधान गर्ने दिशामा अगाडि बढ्न नेतृत्व समक्ष आग्रह गरेका हुन् ।