९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कठिन रूट भएकाले राम्रो प्रदर्शन गर्न सकिनँ: धाविका सन्तोषी



अ+ अ-

काठमाडौँ । नेपालकी म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा म्याराथनको रुट केही कठिन भएकाले सोचेअनुरुप प्रदर्शन गर्न कठिन बताएको बताउनुभएको छ ।

पेरिस ओलम्पिकमा ९२ धाविकामध्ये उनी प्रतिष्पर्धामा ७९औं स्थानमा खुम्चिनुभएको छ । जहाँ ११ धाविकाले म्याराथन पूरा गर्न नै सकेनन् । म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ आएपनि पेरिस पुगेपछि रुट कठिन भएको जानकारी पाएपछि पूरा गर्न नै चुनौती भएको बताउनु भयो । उहाँले आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा यो म्याराथनलाई लिएको उल्लेख गर्नुभयो । सन्तोषीले आफू १५ किलोमिटरसम्म समय सुधार गर्न भन्दा पनि दूरी पार गर्न तवरबाट दौडिएको बताउनु भयो ।

यो म्याराथनमा नेदरल्याण्डकी सिफन हसन दुई घण्टा २२ मिनेट ५५ सेकेण्डका साथ स्वर्ण जित्न सफल हुनुभयो । उहाँले ओलम्पिक रेकर्ड राख्नुभयो । इथोपियाकी टिगस्ट एसिफाले रजत र हेलेन ओबिरीले कांस्य पदक जितिन् । एसिफाले दुई घण्टा २२ मिनेट ५८ सेकेण्ड समय लगाउँदा हेलेनले दुई घण्टा २३ मिनेट १० सेकेन्डमा पार गर्नुभयो । सन्तोषीले भने दुई घण्टा ५५ मिनेट ६ सकेण्डको समय खर्चिनुभयो । पेरिस ओलम्पिकमा नेपालका सात खेलाडीले प्रतिष्पर्धा गरे । कुनैपनि खेलाडीको प्रदर्शन सुखद् रहन सकेन ।

अधिकांश खेलाडीको चुनौती प्रारम्भिक चरणमा नै सीमित हुँदा प्रदर्शन पनि राम्रो बन्न सकेन । सन्तोषीको चुनौती नै पेरिस ओलम्पिकमा नेपालको अन्तिम प्रतिष्पर्धा हो । यसअघि सुटिङकी सुस्मिता नेपाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले चुनौती प्रश्तुत गरेका थिए । सन्तोषीको करियरको यो दोस्रो अन्तर्राष्ट्रिय म्याराथन हो । बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन् । निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेण्डमा पार गरेकी थिइन् ।

यो नै उनले दौडिएको पहिलो र एक मात्रै म्याराथन हो । त्यो समय उनले पेरिसमा सुधार गर्न सकिनन् । गत १९ औं एशियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन् । सन्तोषीको मुख्य प्रतिष्पर्धा १० हजार मिटर दौड हो । यसै विधामा उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक पनि जितेकी छन् । नेपाललाई एथलेटिक्सतर्फ सागमा स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् ।

३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो ।