१९ भाद्र २०८३, शुक्रबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता



अ+ अ-

सिन्धुपाल्चोक । आजदेखि यहाँस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ ।

एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस खेलले सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँ हुने यस्ता खेलले सुकुटेसँगै, जुगल हिमाललगायत क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भलिबल, क्रिकेट, फुटबललगायत खेल नेपालमा लोकप्रिय रहेको बताउँदै आफ्नो तर्फबाट खेल क्षेत्रको विकासमा सहयोग रहने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले आफूहरू सरकार ढाल्ने खेलमा नलागेको र संविधानअनुसार सरकार चल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, सुनकोशी गाउँपालिका अध्यक्ष टपीन्द्रप्रसाद तिमल्सिना, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापालगायतले प्रतियोगिताले सुकुटेलगायत सिन्धुपाल्चोक क्षेत्रको पर्यटन विकासमा खेल्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

प्रतियोगितामा छ प्रदेश, तीन विभागीयसहित ३६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यही माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।