४ फाल्गुन २०८१, आईतवार
,
Latest
सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण जारी छः प्रधानमन्त्री नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छः प्रधानमन्त्री सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैनः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता



अ+ अ-

सिन्धुपाल्चोक । आजदेखि यहाँस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ ।

एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस खेलले सुकुटे क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँ हुने यस्ता खेलले सुकुटेसँगै, जुगल हिमाललगायत क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भलिबल, क्रिकेट, फुटबललगायत खेल नेपालमा लोकप्रिय रहेको बताउँदै आफ्नो तर्फबाट खेल क्षेत्रको विकासमा सहयोग रहने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले आफूहरू सरकार ढाल्ने खेलमा नलागेको र संविधानअनुसार सरकार चल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, सुनकोशी गाउँपालिका अध्यक्ष टपीन्द्रप्रसाद तिमल्सिना, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका अध्यक्ष महेन्द्रसिंह थापालगायतले प्रतियोगिताले सुकुटेलगायत सिन्धुपाल्चोक क्षेत्रको पर्यटन विकासमा खेल्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

प्रतियोगितामा छ प्रदेश, तीन विभागीयसहित ३६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यही माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।




भर्खरै