५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित



अ+ अ-

काठमाडौं । महिला यू-१९ क्रिकेट विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा पनि हार बेहोरेको छ ।

बुधबार भएको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको हो । यसअघि नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५८ रन मात्र जोड्न सक्यो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाए । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले दिएको लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । अमेरिकाकी इसानी भगेलाले सर्वाधिक २४ रन जोडिन् ।

नेपालकी रिया शर्माले ३ विकेट र पूजा महतोले एक विकेट लिइन् ।

मलेसियामा हुने यु १९ महिला टी २० विश्वकप जनवरी १८ देखि सुरु हुनेछ । नेपालले समूह चरणमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ ।