२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः लन्चअघि आर्मी ४६ रनले पछाडि, भीमको अर्धशतक



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप २०८१ को फाइनल खेलअन्तर्गत दोस्रो दिनको लन्चअघि नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब ४६ रनले पछाडि छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आफ्नो पहिलो इनिङ्समा आर्मीले १७ ओभरमा ३ विकेटको क्षतिमा ८७ रन बनाएको छ । आर्मीका लागि भीम सार्कीले अर्धशतक बनाएर खेलिरहेका छन् । भीमले ५ चौका र ३ छक्का प्रहार गर्दै ५१ रनमा अविजित छन् । यस्तै, बसिर अहमद पनि १५ रनमा अविजित छन् ।

पुलिसका लागि सागर ढकालले ३ विकेट लिए ।

पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको थियो । दोस्रो दिन ४८ रन थप्दा ७ विकेट गुमाएपछि पुलिसले १३३-९ को अवस्थामा इनिङ ईन्डको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए भने अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए ।

आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए ।