१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी

गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी
अ अ+ अ-

एजेन्सी । वार्तामा सहभागी एक कतारी अधिकारीले ‘चाँडै’ सहमतिमा पुग्ने आशा व्यक्त गरेपछि मध्यस्थकर्ताहरूले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौतामा हस्ताक्षर गर्न बुधबार अन्तिम प्रयास गरिरहेको बबताएका छन् ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले युद्धविरामका लागि मध्यस्थता गर्ने र सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूलाई रिहा गर्ने प्रयासलाई तीव्रता दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका इजिप्टका समकक्षी अब्देल फतह अल–सिसीले मङ्गलबार टेलिफोन वार्तामा इजरायल र हमास दुवैले सम्झौताका लागि लचकता देखाउनुपर्ने बताएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौताबारे छलफल गर्न मङ्गलबार अबेर राति उच्च सुरक्षा अधिकारीसँग बैठक गर्नुभएको थियो भने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘बल अब हमासको कोर्टमा रहेको’ बताउनुभएको थियो ।

ब्लिन्केनले भन्नुभयो, “यदि हमासले स्वीकार ग¥यो भने यो सम्झौताले पूर्णता पाउनेछ र कार्यान्वयनको चरणमा जानेछ ।”

वार्ताबारे जानकार एक इजरायली स्रोतका अनुसार बुधबार दोहामा वार्ता जारी छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले वार्ता अन्तिम चरणमा पुगेको र मध्यस्थकर्ताले चाँडै नै सहमतिमा पु¥याउने विश्वास व्यक्त गर्नुहुनेछ ।

इजरायलका विदेशमन्त्री गिदोन सारले भन्नुभयो, “हाम्रो तर्फबाट सम्झौताका लागि साँचो इच्छा शक्ति छ ।”

गाजामा अहिलेसम्मकै सबैभन्दा घातक युद्ध अन्त्य गर्ने महिनौंको असफल प्रयासपछि पछिल्लो प्रगति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुभन्दा केही दिनअघि आएको हो ।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो ।

त्यस दिन लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९४ जना अझै गाजामा रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।

गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा ४६ हजार ६४५ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ ।

इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई मुक्त गरिने बताउनुभएको छ भने हमासनिकट दुई प्यालेस्टिनी स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार इजरायलले बदलामा करिब एक हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ ।

’सयौँको सङ्ख्यामा इजरायल ठूलो मूल्य चुकाउन तयार छ,” मेन्सरले भन्नुभयो।

हमासनिकट स्रोतका अनुसार सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई समूहमा रिहा गर्ने उल्लेख छ।

युद्धविरामको १६ औं दिनमा दोस्रो चरणका लागि वार्ता सुरु हुने इजरायली अधिकारीले बताएका छन् ।

टाइम्स अफ इजरायलका अनुसार दोस्रो चरणमा ‘पुरुष सैनिक, सैन्य उमेरका पुरुष र मारिएका बन्धकहरूको शव’ सहित बाँकी कैदीहरूको रिहाई हुनेछ।
प्रस्तावित सम्झौताअनुसार इजरायलले पहिलो चरणमा गाजाभित्र सुरक्षित क्षेत्र कायम गर्नेछ ।

हमासले ‘स्पष्ट र विस्तृत सम्झौता’को आशा गरेको बताउँदै अन्य प्यालेस्टिनी पक्षलाई पनि ‘प्रगति’ बारे जानकारी गराएको जनाएको छ ।

प्यालेस्टनी इस्लामिक जिहादका एक अधिकारीका अनुसार गाजामा हमाससँग मिलेर लडेका लडाकूहरूको एक प्रतिनिधिमण्डल वार्तामा सहभागी हुन बुधबार कतार पुगेको छ ।