२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो ।

अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतमा रविविरुद्धको मुद्दामा आज थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।

रविको मुद्दाबारे आदेश आउदै गर्दा रास्वपा र रविका समर्थकहरु अदालत आसपासमा बाक्लो संख्यामा उपस्थित भएका छन् ।