६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइनको काम धमाधम अघि बढे



अ+ अ-

काठमाडौं। चिलिमे(त्रिशूली २२० केभी प्रसारणलाइन आयोजनाको काम धमाधम अघि बढेको छ। रसुवामा निर्माणाधिन १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको साञ्जेन लगायत निजी क्षेत्रबाट प्रवर्द्धिन आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो प्रसारणलाइनको निर्माण भइरहेको छ।

गत असोजमा नुवाकोटका प्रभावितलाई मुअब्जा दिएको आयोजनाले मंसिरमा चिलिमेका प्रभावितलाई मुअब्जा बाड्न तयारी भएको छ। २८ किलोमिटर लामो प्रसारणलाइनको लागि रसुवामा ५७ र नुवाकोटमा २० वटा टावर निर्माण हुने भएको छ। आयोजनाको समग्र भौतिक प्रगति ६० प्रतिशत भन्दा बढी पुगेको आयोजनाले जनाएको छ। प्रसारणलाइन निर्माणमा मुअब्जाको समस्या निकै जटिल बन्ने गरेको छ। मुअब्जाको टुङ्गो लागेसँगै प्रसारणलाइनको काम द्रुत गतिमा अघि बढ्ने आयोजनाले जनाएको छ।

चिलिमे जलविद्युत कम्पनीका सहायक कम्पनी साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीले प्रवर्द्धन गरिरहेका आयोजनाको भौतिक प्रगति ७० प्रतिशत भन्दा धेरै छ। गत आर्थिक वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य अनुसार काम गरिरहेका यी आयोजना कोभिडबाट प्रभावित भएपछि विद्युत उत्पादन मिति भने केहि पर धकेलिएको छ।