८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

मानव उपयोगी वृक्षरोपण गर्न मुख्यमन्त्री कँडेलको आग्रह

मानव उपयोगी वृक्षरोपण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
मुख्यमन्त्री यामलाल कँडेल
अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपण गर्न आग्रह गर्नुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा उहाँले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षरोपण गर्दा ध्यान दिनुपर्छ भन्नुभयो । “वनस्पति, फलफूल र औषधिजन्य गुण भएका बिरुवा लगाऔँ जुन मानव स्वास्थ्यका लागि लाभदायक होस्” उहाँले भन्नुभयो, “पर्यावरणीय सुन्दरताका साथै स्वस्थ वातावरण दीगो विकासमा सहयोग पुर्याउँछ ।”

उहाँले प्रदेश सरकारले ‘मानव स्वस्थ प्रणालीका लागि हरित कर्णाली’ निर्माणका अभियानलाई अगाडि बढाएकोले यसमा सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनको असरलाई कम गर्न र वन, वातावरण र वन्यजन्तु संरक्षणका लागि पनि वृक्षरोपण अभियानलाई अनिवार्य शर्तका रुपमा लिइएको छ ।

सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तेजबिक्रम बस्नेतले स्याउ, अनार, आँप, अम्बा, कागती, लिची, एभोकाडो, अङ्गुर, अशोक, रुख कटहर, बरपिपल, रुद्राक्ष, बाँस, अम्लिसोसहित १६ प्रकारका विरुवा लगाइएको जानकारी दिनुभयो । रासस