९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ८ दशमलव २७ अंक बढेर १९६४.०२ विन्दुमा पुगेर बन्द



अ+ अ-

काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ हजार ९६४ दशमलव शून्य २ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव २७ अंक बढेको हो । यसदिन २०४ ओटा कम्पनीको रू. ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० बराबरको शेयर खरीदविक्री भएको छ । ९८ लाख ८३ हजार १९७  कित्ता शेयर ३९ हजार ४१० पटकमा उक्त रकम बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूह र विकास बैंक समूहको परिसुचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो ।  

जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव १३ प्रतिशत घटेको छ । विगत एक दुई दिनदेखि उक्त समूहको परिसूचक बढेको थियो । लगानीकर्ताले प्रोपिट बुक गरेर सेक्टर परिवर्तन गरेसँगै उक्त समूहको परिसूचक घटेको हो ।बुधबार बजार ३९ अंक घटेको थियो र बजार घटेका बेलामा खरीदकर्ता सक्रिय हुँदा बिहीबार बजार बढेको देखिन्छ । बिहीबार सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर  प्रतिकित्ता रू. २४२ पुगेको छ । त्यसैगरी प्रभु बैंकको संस्थापक शेयर पनि १० प्रतिशतका दरले वृद्धि भएको छ । 

सर्वाधिक करोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ३७ करोड ३२ लाख बरावरको शेयर खरीदविक्री भएको छ । बिहीबारको कारोबार दिनमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूूल्य ९ दशमलव ८७ प्रतिशत घटेको छ । दोस्रोमा रसुवागढी जलविद्युत् कम्पनीको शेयर मूल्य ८ दशमलव ६१ प्रतिशत घटेर प्रतिकित्ता रू. ३०८ कायम भएको छ । 




भर्खरै