४ पुष २०८२, शुक्रबार
,
Latest
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याच फिक्सिङ गरेको आरोपमा अफगानिस्तानका युवा ब्याट्सम्यानलाई ५ वर्षको प्रतिबन्ध



अ+ अ-

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डले युवा ब्याट्सम्यान एहसानुल्लाह जनातलाई सबै क्रिकेट गतिविधिमा ५ वर्ष प्रतिबन्ध लगाएको छ ।

जनातमाथि म्याच फिक्सिङको आरोप लागेको थियो, जसलाई उनले स्वीकार गरेका थिए ।

जनात काबुल प्रिमियर लिगको दोस्रो संस्करणमा म्याच फिक्सिङको आरोपमा दोषी पाइएका थिए । अफगानिस्तानका खेलाडीले एसीबी र आईसीसीको भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेको आरोप स्वीकार गरेका छन् ।

२६ वर्षीय जनातले सन् २०१७ मा डेब्यु गरेका थिए । उनले अफगानिस्तानको तीन टेष्ट, १६ एकदिवसीय र एक टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका थिए । जनातलाई एक प्रतिभाशाली क्रिकेटर मानिन्थ्यो, जसलाई सानै उमेरमा डेब्यु गरेको पनि भनिन्छ ।

एसीबीले जनातलाई दोषी पाएपछि बोर्डले अन्य तीन खेलाडीविरुद्ध म्याच फिक्सिङको अनुसन्धान थालेको बताएको छ ।