६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन



अ+ अ-

काठमाडौं । सनराइज बैंकले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ। उक्त सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्नेछन्।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको  बैंकले जनाएको छ। बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३, राजकोटमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालाई नियुक्त गरेको छ। 

हालसम्म बैंकले १३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ एटिएम मार्फत सेवा दिँदै आएको छ।