२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

काँग्रेसको १४ औँ महाधिवेशन आम चासो र चिन्ता : क्रियाशील सदस्यता वितरणमा वितण्डा

काँग्रेसको १४ औँ महाधिवेशन आम चासो र चिन्ता : क्रियाशील सदस्यता वितरणमा वितण्डा
अ अ+ अ-

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनप्रति आम चासो र चिन्ता व्याप्त छ । हाल जुन किसिमले क्रियाशील सदस्यता फारम वितरण भइरहेको छ त्यसले पार्टी पद्दतीप्रति प्रश्नै प्रश्न उब्जाएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३२ जहाँ वाट ठुलो सङ्ख्या (करिब १००) मा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् त्यो ठाउँमा सदस्यता फारम केही व्यक्तिहरूले कब्जामा लिएका छन् । यसले गर्दा एकातिर शीर्ष नेताहरूको बदनाम भइरहेको छ भने अर्कोतिर कार्यकर्ता निष्क्रिय र पलायन हुने स्थितिमा छन् । वडा इकाई सभापतिले काँग्रेसप्रति जीवनभर समर्पित तथा निष्ठा र इमानमा बसेका कार्यकर्ताको पहुँचमा सहजै नपुग्ने गरी आर्थिक तथा अन्य स्वार्थ जोडिएका समूहलाई १५० र २०० का दरले फारम वितरण गरेको भनी यस वडामा सक्रिय विभिन्न कार्यकर्ताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।

काँग्रेस विधान विपरीत बुथ कमिटी र इकाई कार्यसमितिलाई छायामा राखेर ८ सय फारमको चरम दुरुपयोग गरिएको छ । कतिसम्म भने नयाँ फारम आएको दिनदेखि पार्टी वडा कार्यालय बन्द छ । मनोहरा र वाग्मतीको किनारमा रहेका चिया पसल र बन्द कोठावाट फारम वितरण भइरहेको छ । यो कुकार्यमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहको नाम जोड्दै बदनाम गरिएको छ । यो क्रियाशील खरिद बिक्री प्रकरणमा न सभापति देउवाको चासो र समर्थन छ, न नेता प्रकाशमान सिंहको नै । उनीहरूलाई बदनाम गर्दै र कार्यकर्ताको माझ अलोकप्रिय बनाउँदै क्रियाशील फारम खरिद बिक्री गर्ने समूह छ । बरु नेता प्रकाशमान र सभापति शेरबहादुर देउवाको विरुद राष्ट्रियस्तरमा नै आवाज उठाउने केही युवा नेताको समेत यसमा संलग्नता देखिन्छ ।

पूर्णकालीन रूपले राजनीतिमा सक्रिय रहँदा मैले यहाँ राजनीतिक विकृतिको डरलाग्दो रूप देखेको छु । नेता कृष्ण प्रसाद भट्टराईको अनुयायीका रूपमा निष्ठा र इमानको राजनीतिका निम्ति म मैदानमा उभिएको हुँ । मैले आफ्नो राजनीतिक विरासत र भावी कार्ययोजना अनुरूप आफ्नो धरातल आफै निर्माण गरेको छु । कसैको वैशाखी टेकेर उभिएको छैन ।

क्रियाशील सदस्यता वितरणमा देखिएको भयावह विकृतिको बिरूद्द नबोल्दा आफुपनि त्यसकै समर्थक होकि जस्तो देखिने र म प्रति विश्वास गर्ने कार्यकर्ताको भावनामा चोट पर्ने भएकाले मैले यसलाई सार्वजनिक रूपमा अभिव्यक्त गरेको हुँ । जबसम्म क्रियाशील सदस्यता तल्लो तहका कार्यकर्ताको सहज र स्वतन्त्र पहुँचमा हुँदैन तबसम्म देशले सक्षम र इमान्दार नेता पाउन सक्दैन ।