२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित
अ अ+ अ-

तनहुँ । तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै गएका छन् । जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिकरूपमा ह्रास आउन थालेपछि यहाँका कृषक यतिबेला वैकल्पिक बालीको खोजीमा छन् ।

सुन्तला खेतीका लागि पर्याप्त मात्रामा पानीको स्रोत नहुनु, भएका पानीको स्रोत पनि सुक्दै जानु, विभिन्न किसिमका रोगले आक्रमण गर्नु, आवश्यकरूपमा खाद्यतत्व नपुग्नु र उचित किसिमले बगैँचा व्यवस्थापन नहुनुजस्ता  कारणले सुन्तलाका बोट मर्दै गएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सुन्तला बगैँचा व्यवस्थापन राम्रो हुन नसक्दा क्रमिकरूपमा सुन्तला उत्पादनमा ह्रास आएर अन्ततः बोट नै मर्दै गएको उहाँले बताउनुभयो । सुन्तला बगैँचाका बोट मर्दै जान थालेपछि वैकल्पिक बालीको खोजीमा छन् । उहाँले भन्नुभयो, “वैकल्पिक बालीका रूपमा किबी, कागती लगाउने कि फेरि सुन्तला नै लगाउने भन्ने कुरामा कृषक अन्योलमा परेका छन् ।”

जिल्ला कृषि ज्ञान केन्द्रले नयाँ सम्भावित क्षेत्रमा सुन्तला खेती विस्तार कार्य पनि गर्दै आएको जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिकाको उमाचोक र घिरिङ गाउँपालिकाको उवाचोक च्यासुलमा गत वर्ष १० हजार बिरुवा लगाइएको जिल्ला कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताउनुभयो । “पुराना सुन्तला बगैंचा व्यवस्थापनको कमीले सुन्तलाका बोट मर्दै गएका छन्”, उहाँले भन्नुभयो, “जुन क्षेत्रमा सुन्तला मर्दै गएका छन्, त्यस क्षेत्रका कृषक बढी चिन्तित छन् ।”

जिल्लाको शुक्लागण्डकी–११ राइपुर, व्यास नगरपालिका–११ र १३ को तनहुँसुर र बेनीकोट, देवघाट गाउँपालिकाको वडा नं २, ३ र ४ छिपछिपे बैदी, कोटबैदी, भिमाद नगरपालिका–९ को भानुमतिलगायतका क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र हुन् । जिल्लामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएकाले यस वर्ष करिब आठ हजार मेट्रिक टन सुन्तला उत्पादन हुने अनुमान कार्यालयको रहेको छ ।

गत वर्ष तनहुँमा रु २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो तर अहिले सुन्तलाको दानासमेत साना रहेकाले उत्पादन वृद्धि हुने सङ्केत कम देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष अत्यधिक वर्षा भएकाले सुन्तला पाक्न ढिलाइ भएको छ । “यतिबेला सुन्तला बिक्री भइसक्ने बेला हो”, उहाँले भन्नुभयो, “सुन्तला पाक्न ढिलाइ भएकाले झर्ने समस्या पनि आएको छ ।” तनहुँका सुन्तला बगैँचाको सम्बन्धित निकायले समयमै अनुगमन, समस्या र त्यसको निराकरणतर्फ नलाग्ने हो भने ठूलो क्षेत्रमा सुन्तला उत्पादनमा ह्रास आउने सङ्केत देखापरेको छ ।

कृषि अनुसन्धान परिषद्, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र र स्थानीय सरकरका कृषि शाखालगायतका सम्बन्धित निकायले हरेक सुन्तला बगैँचा गएर कृषकलाई जनजागरण गर्ने, नयाँ प्रविधि तथा तालिम प्रदान गर्नुपर्नेलगायतका आवश्यकता देखिएको छ । सुन्तला खेतीमा देखिएको समस्याको पहिचान गरी निराकरणका लागि प्राविधिक तथा आर्थिक सहयोगको आवश्यकता पर्ने देखिएकाले बेलैमा सम्बन्धित निकायको यसतर्फ ध्यान पुग्न जरुरी छ ।