९ श्रावण २०८३, शनिबार
,
Latest
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, डेढ लाख पुग्न सय रुपैयाँ कम



अ+ अ-

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज प्रतितोला ५ सय रुपैँयाले बढ्दै सुनको मूल्यले नयाँ ऐतिहासिक मूल्य बनाएको हो ।

आज सुन प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगि सुनले उच्च रेकर्ड बनाएको थियो ।

बिहिबार सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।