२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर समाचार: भारतीयलाई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवक पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

कञ्चनपुर । भारतीय नागरिकबाट रकम लिई अवैधरूपमा नेपाल प्रवेश गराउन खोज्ने युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगरका १९ वर्षीय शैलेश अवस्थीलाई आइतबार साँझ बोर्डर आउट पोष्ट डोकेबजारको टोलीले नियन्त्रणमा हो । अवस्थीले भारतको मिजनौर धामपुर बस्ने २५ वर्षीय मोहम्मद आशिकबाट रु एक हजार रकम लिई सीमा क्षेत्रको तारबारबाट छिराउँदै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो ।

नियन्त्रणमा परेका अवस्थीलाई प्रहरीचौकी पचकडीया र भारतीय नागरिक आशिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीको गौरीफण्टाका एएसआई मुनिमको जिम्मा लगाइएको छ । 

नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ 
 
बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमा पक्राउ गरेको हो । 

बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।