९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित

अमेरिकी एफ–१६ लडाकू बिमान युक्रेनी भूमिमा आइपुगे

अमेरिकी एफ–१६ लडाकू बिमान युक्रेनी भूमिमा आइपुगे
अ अ+ अ-

अमेरिकी र युक्रेनी अधिकारीहरुले अमेरिकी लडाकू बिमान एफ–१६ युक्रेनी भूमिमा आइसकेको पुष्टि गरेका छन् । यी लडाकू बिमानको आगमनसँगै रुस–युक्रेन युद्धमा तनाब अझ बढ्ने आँकलन गरिएको छ ।

खासगरी युक्रेनले रुसी हवाई हमलाबाट जोगिन र रुसको कब्जामा रहेका क्षेत्रमा तैनाथ रुसी फौज एवं सैन्य सामग्रीमाथि आक्रमण गर्न यी बिमान अति उपयोगी हुने भन्दै पश्चिमा मुलुकसँग आपूर्तिका लागि निरन्तर आग्रह गरिआएको थियो ।

निकै लामो विवाद र छलफल पश्चात् अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट २०२३ मा यी बिमान युक्रेनलाई उपलब्ध गराउन आदेश जारी गरेका थिए । यो आदेशसँगै युक्रेनी पाइलटहरुले नेटो आबद्ध मुलुकमा गएर एफ–१६ चलाउन लामो अभ्यास गरेका थिए ।

युक्रेनलाई नेटो सदस्य राष्ट्रहरु बेल्जियम, नर्वे, डेनमार्क, नेदरल्यान्ड्सले ६० भन्दा बढी एफ–१६ विमान उपलब्ध गराउने घोषणा गरेका छन् । तर अमेरिका स्वयंले भने यी बिमान युक्रेनलाई उपलब्ध गराएको छैन । यद्यपी कति संख्यामा यी लडाकू बिमान युक्रेन पुगेका छन् भन्ने केही बताइएको छैन ।

पश्चिमा राष्ट्रहरुले यी बिमानमा प्रयोग हुने क्षेप्यास्त्र समेतका बारेमा सबै कुरा प्रष्ट बताएका छैनन् । एफ–१६ मा बेलायतमा निर्मित स्ट्रोम–स्याडो क्षेप्यास्त्र प्रयोग गर्न सकिन्छ जसले २५० किलोमिटर दूरीसम्म आकाशबाट जमिनमा मार हान्न सक्छ । यी क्षेप्यास्त्रले रुसी इलाकामा पनि प्रहार गर्न सक्नेछ र त्यसो भएको खण्डमा यो युद्ध अझ खतरनाक मोडमा पुग्नेछ ।

साथै एफ–१६ बाट हावाबाट हावामा क्षेप्यास्त्र प्रहार गर्न सकिन्छ । यसबाट रुसी बिमानलाई सहजै लक्षित गर्न सकिन्छ जसले अहिले निरन्तर युक्रेनी भूमिमा बमबारी गरिरहेका छन् ।

उता रुसले भने एफ–१६ बिमान युक्रेनमा आउँदैमा कुनै जादुयी नतिजा प्राप्त नहुने चेतावनी दिइसकेको छ । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले एफ–१६ बिमानलाई लक्षित गरी रुसले प्रत्याक्रमण गर्ने बताएका छन् । एजेन्सी