२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रिय कमिटीलाई पूर्णता दिने जिम्मा माधव, झलनाथ र घनश्यामलाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय कमिटीलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयबारे  पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य जिम्मेवारी प्रदान गरेको बताउनु भयो । उहाँले कार्यदलले १८ गते बस्ने बैठकमा ाफ्नो प्रश्ताव प्रश्तुत गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको केन्द्रिय कमिटीको बैठकले हाम्रो केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य गर्नेगरी र बैठकमा प्रश्तुत गर्नेगरी पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । १८ गते बस्ने बैठकमा उहाँहरुले आफ्नो प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।’

असार १६ गतेदेखि काठमाडौंमा भएको महाधिवेशनले १० दिनभित्रमा पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने भनेपनि अहिलेसम्म टुंगिएको छैन । साउन १८ गते बस्ने बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने पनि बताउनु भयो ।