२४ भाद्र २०८३, बुधबार
,
Latest
नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रिय कमिटीलाई पूर्णता दिने जिम्मा माधव, झलनाथ र घनश्यामलाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय कमिटीलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयबारे  पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य जिम्मेवारी प्रदान गरेको बताउनु भयो । उहाँले कार्यदलले १८ गते बस्ने बैठकमा ाफ्नो प्रश्ताव प्रश्तुत गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको केन्द्रिय कमिटीको बैठकले हाम्रो केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य गर्नेगरी र बैठकमा प्रश्तुत गर्नेगरी पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । १८ गते बस्ने बैठकमा उहाँहरुले आफ्नो प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।’

असार १६ गतेदेखि काठमाडौंमा भएको महाधिवेशनले १० दिनभित्रमा पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने भनेपनि अहिलेसम्म टुंगिएको छैन । साउन १८ गते बस्ने बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने पनि बताउनु भयो ।




भर्खरै