४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर कारोबारमा नयाँ रेकर्ड



अ+ अ-

काठमाडौं । बुधबार सेयर कारोबारले नयाँ रेकर्ड बनाएको छ । सबैभन्दा बढी कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएर नयाँ ईतिहास बनाएको हो ।

यसअघि ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।

बुधबार नेप्से परिसूचक ६४.२५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९० अंकमा कायम भएको छ ।

आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।

बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशत बढेको छ ।