२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२४ को ६ महिनामा चीनमा १४.६४ मिलियन अन्तर्राष्ट्रिय पर्यटक भित्रिए



अ+ अ-

एजेन्सी । चीनका पर्यटक गन्तव्यहरूमा यस गर्मी याममा अन्तर्राष्ट्रिय आगन्तुकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । नयाँ भिसा नीतिहरूका कारण विदेशी पर्यटकहरूको उपस्थिति बाक्लिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय पर्यटकहरूलाई राम्रोसँग सेवा दिन चीनका शहरहरू, व्यवसायहरू र रमणीय स्थलहरूले भुक्तानी विकल्पहरू विस्तार गर्ने र आरक्षण–रहित प्रवेश नीतिहरू लागू गर्ने जस्ता विभिन्न उपायहरू ल्याएका छन् । यस वर्षको ६ महिनामा चीनले १४.६४ मिलियन अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई स्वागत गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा १५३ प्रतिशतले बढी हो । ८.५४ मिलियन भिसा–मुक्त प्रवेशमार्फत प्रवेश गरेका छन् । यस गर्मीमा इनबाउन्ड र आउटबाउन्ड दुवै यात्राका लागि झन्डै ७० लाख हवाई टिकट बुकिङ हुने अपेक्षा गरिएको छ । जुन वार्षिक रूपमा ९३ प्रतिशतले वृद्धि भएको छ ।

अर्को उद्योग प्रतिवेदनले सन् २०२३ देखि २०२४ सम्म चीनको पर्यटन अर्थतन्त्र द्रुत गतिमा सुधार हुँदै गएको देखाएको छ । बाहिरी पर्यटनले अझ ठूलो सम्भावना खोल्ने र विश्वव्यापी पर्यटन उद्योगलाई बलियो बनाउने तयारी गरेको छ ।