२४ भाद्र २०८३, बुधबार
,
Latest
ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको विकासका लागि दुई ठूला पार्टी मिल्नुको विकल्प छैन: महासचिव पोखरेल



प्रेस चौतारी नेपाल दाङको आयोजनामा घोराहीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेल । तस्बिर : रञ्जिता अधिकारी / रासस
अ+ अ-

देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोख्रेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताउनुभयो । प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही आज भएको पत्रकार सम्मेलनमा उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

“हामी सरकारका जानका लागि मात्रै मिलेका होइनाँै देश विकासका लागि सहकार्य गरेका हौँ”, उहाँले भन्नुभयो, “लोकतन्त्रमा दुई ठूला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो ।”

उहाँले पुराना दल चाहिदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै मुलुकमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताउनुभयो । उहाँले ठूला दलकै कारण मुलुकमा विकास र परिवर्तन भएका उल्लेख गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझाव दिनुभयो । त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका सरकार मन्त्री भुमेश्वर ढाकाललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । रासस