२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले उनलाई मङ्गलबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

“विशेष सूचनाका आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो”, सहप्रवक्ता श्रेष्ठले भन्नुभयो, “खानतलासी गर्दा दुई किलो ७०० ग्राम लागुऔषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएका कुसारीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।