६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार पहिलो घण्टामा नेप्से परिसूचक ८.६१ अंकले आरालो



अ+ अ-

काठमाडौं । बुधबार पहिलो घण्टामा नेप्से परिसूचक ८.६१ अंकले घटेको छ । २ हजार ०९७ दशमलव २० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ४२ प्रतिशतले घटेर २ हजार ०५२ दशमलव ८० विन्दुमा पुगेको छ ।

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार २३८ मा कारोबार भइरहेको छ । यस अवधिमा व्यापार र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

कारोबारको पहिलो घण्टामा महुली लघुवित्त वित्तीय संस्था र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आरएमडीसी लघुवित्तको शेयरमूल्य ९ दशमलव ९५ र माउन्टेन इन्र्जीको ९ दशमलव ८८ प्रतिशतले बढेको छ । पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको रू.१ अर्ब ११ करोड २८ लाख बराबरको १८ लाख २ हजार ५ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १३ हजार २६८ पटकको व्यापारमा भएको हो ।