५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध खेल्ने श्रीलंकाको टोली घोषणा



अ+ अ-

एजेन्सी । श्रीलंका क्रिकेट बोर्डले मंगलबार भारतविरुद्धको टी–२० सिरिजका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ । टी–२० को कमान्ड चरिथ असालान्कालाई सुम्पिएको छ ।

हालै सम्पन्न टी–२० विश्वकपमा खराब प्रदर्शनका कारण पूर्व कप्तान वानिन्दु हसरंगाले कप्तानी छाडेका थिए । जुलाई १८ मा बीसीसीआईले श्रीलंका भ्रमणका लागि भारतीय टोलीको घोषणा गरेको थियो ।

भारतले श्रीलंकामा ३ टी–२० म्याचको सिरिज खेल्नेछ । पहिलो खेल पल्लेकेलेमा जुलाई २७ मा साँझ सवा ७ बजे हुनेछ । एकदिवसीय सिरिज अगस्ट २ बाट कोलम्बोमा सुरु हुनेछ । सोमबार भारतीय टोली ३ टी–२० खेल खेल्न क्यान्डी पुगेको थियो ।

भारतीय टोलीले पछिल्लो पटक २०२१ मा श्रीलंकाको भ्रमण गरेको थियो । टोलीले ३ ओडिआई र ३ टी–२० खेलको सिरिज खेलेको थियो । भारतले तीन खेलको एकदिवसीय सिरिज २–१ ले जितेको थियो भने टी–२० सिरिजमा भारत २–१ ले पराजित भएको थियो ।

श्रीलंकाको टी–२० टोलीः चरिथ असलंका (कप्तान), पथुम निसान्का, कुसल जेनिथ परेरा, अविष्का फर्नान्डो, कुसल मेन्डिस, दिनेश चंडीमल, कमिन्दु मेन्डिस, दासुन शनाका, वानिन्दु हसरंगा, डुनिथ भेलागे, महेश थिसिंग थिसाहना, नुसहाना थिकस , दुष्मन्थ चमेरा र बिनुरा फर्नान्डो ।

श्रीलंका भ्रमणका लागि भारतको टी–२० टोलीः सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रायन पराग, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), हार्दिक पाण्डेय, शिवम दुबे, अक्षर पटेल, वाशिंगटन सुन्दर, रवि बिश्नोई, अर्शदीप सिंह, खलील अहमद, मोहम्मद सिराज ।

श्रीलंका भ्रमणका लागि भारतको एकदिवसीय टोलीः रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकीपर), श्रेयस अय्यर, शिवम दुबे, कुलदीप यादव, मोहम्मद सिराज, वाशिंगटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्षर पटेल, खलील अहमद, हर्षित राणा ।