७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट प्रतियोगितामा परिवर्तनः विश्वकपमा पुग्न नेपाललाई फाइदा कि बेफाइदा ?



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले महिला तथा पुरुष विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ ।

आईसीसीले गरेको उक्त निर्णयले विश्वकपमा पुग्न नेपाललाई केही सहज हुने देखिन्छ ।

बैठकले सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा परिवर्तन गरेको छ ।

जसअनुसार अब युरोप र अफ्रीकाबाट २–२, अमेरिकाबाट १ तथा एसिया र इस्ट एसिया प्यासिफिक (इएपी)क्षेत्रबाट ३ टोली छनोट हुनेछन् ।

यसअघि एसियाबाट २ र इएपीबाट १ टोली छनोट हुँदै आएको थियो । एसियाबाट विश्वकपमा पुग्न नेपाल, ओमान, यूएई र हङकङ मुख्य दाबेदार रहँदै आएकामा तीन टोली हुँदा नेपाललाई केही सहज हुने भएको छ ।

महिलातर्फ पनि आईसीसीले विश्वकपमा सहभागी हुने टोलीको सङ्ख्या बढाएको छ ।

सन् २०३० को विश्वकपदेखि सहभागी टोलीलाई १२ बाट १६ पुर्‍याइएको छ । नेपालको महिला टोलीले अहिलेसम्म विश्वकपमा स्थान बनाउन सकेको छैन ।