६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा आज नेपालको भिडन्त भारतसँग



अ+ अ-

काठमाडौँ । एसीसी वुमन्स एसिया कप–२०२४ अन्तर्गत आज नेपालले उपाधि दाबेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

नेपालको समूह चरणअन्तर्गत यो अन्तिम खेल हो । यसअघि पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा भने पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

सेमिफाइनलमा पुग्नको लागि नेपाललाई आज जित्नै पर्ने हुन्छ । आज नै पाकिस्तानले पनि यूएईसँग समूह चरणको अन्तिम खेल खेल्दैछ । यी दुई खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

पाकिस्तानले यूएईलाई पराजित गरेमा नेपालले भारतलाई हराउनै पर्ने हुन्छ । अर्कोतर्फ पाकिस्तान पराजित भएमा नेपाल भारतसँग पराजित भए रनरेटको आधारमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।