२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनको होडेडाहमा इजरायलको आक्रमण: धेरै मानिसको मृत्यु भएको आशंका



अ+ अ-

एजेन्सी । इजरायलको सेनाले यमनमा हुथी मिलिसियासँग संवद्ध क्षेत्रमा आक्रमण गरेको बताएको छ । सैन्य समूहको आक्रमणबाट धेरैको मृत्यु भएको बताइएको छ ।

यमनी हुथी सैन्य समूहले यमनको रेड सी बन्दरगाह शहर होदेइदामा तेल भण्डारण र बिजुली सुविधाहरूलाई लक्षित गरेको दाबी गरेको छ । कति जनाको मृत्यु भएको भन्ने यकिन संख्या आइनसकेको यमनले बताएको छ ।

हुथीहरूले ड्रोन आक्रमण हाल इजरायली आक्रमणमा रहेको गाजा पट्टीमा प्यालेस्टिनीहरूको समर्थनमा भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई दक्षिणी र पूर्वी प्रान्तहरूतर्फ धकेल्दै सन् २०१४ को अन्त्यदेखि राजधानी सानालगायत धेरै उत्तरी शहरहरूसँगै होडेडाह हुथी समूहको नियन्त्रणमा रहेको छ ।