३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा हिंसात्मक आन्दोलनका कारण प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द



अ+ अ-

एजेन्सी । बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गर्नुभएको छ । आन्दोलनले चर्को रुप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरु तैनाथ गरिएको छ ।

अस्पतालका झडपमा अहिलेसम्म कम्तीमा १०५ जनाले ज्यान गुमाइसेका छन् । बङ्लादेशमा जारी आन्दोलन नियन्त्रण गर्न प्रहरी असफल भएपछि प्रधानमन्त्रीको कार्यालयले गत मध्यरातबाट सेना परिचालन र कफ्र्यू आदेश जारी हो ।

सरकारले नागरिकहरूको सहायताका लागि कफ्र्यु लगाउने र सेना तैनाथ गर्ने निर्णय गरेको प्रधानमन्त्री हसिनाका प्रेस सचिव नईमुल इस्लाम खानले बताउनुभएको छ ।

राजधानी ढाकाका सडकहरू आज बिहानैदेखि सुनसान छन् । सेना र बख्तरबन्द कर्मचारी वाहकले गस्ती गरिरहेका छन् । यसै क्रममा कफ्र्यूलाई बेवास्ता गर्नेलाई प्रहरीले घर फर्काइ रहेको छ ।

कफ्र्यु आइतबारसम्म कायम रहने निजी प्रसारण च्यानल–२४ ले रिपोर्ट गरेको छ ।

प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय भएको स्पेन र ब्राजिलको भ्रमण विद्यमान अवस्थाका कारण रद्द गरिएको उहाँका प्रेस सचिव खानले जानकारी दिनुभएको छ ।