४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

श्रावण महिनाको सम्बन्ध : श्रवण, प्रकृति र परमात्मासँग

श्रावण महिनाको सम्बन्ध : श्रवण, प्रकृति र परमात्मासँग
अ+ अ-

श्रावण महिना आरम्भ भइसकेको छ । वैदेशिक खगोलीय अवधारणाअनुसार सूर्यको राशी परिवर्तन यानी अर्को राशिमा संक्रमण गर्नु । सूर्यको दक्षिणतर्फ गमन हुनु । मिथुन राशिबाट सूर्य कर्कट राशिमा प्रवेश गरेसँगै दक्षिणायन आरम्भ हुन्छ र सोही दिनलाई श्रावरण संक्रान्ति भनिन्छ । वैदिक सनातन धर्ममा श्रावण महिनाको विशेष महत्व छ । श्रावण महिनालाई मासोत्तमा पनि भन्ने गरिन्छ ।

श्रावण महिनामा श्रवणको महत्व

वैदिक सनातन धर्ममा श्रावण महिनालाई एक वर्षको रुपमा मनाइन्छ । हरिशयनी एकादशी पश्चात् श्रावण महिनाको बढी महत्व रहन्छ, यसको मुख्य कारण चातुर्मास पनि हो । श्रावण महिनाभर भगवान शिवका भक्त उनकै भक्तिमा लिन हुन्छन् । वैदिक धर्मशास्त्रमा श्रावण महिनामा भगवान शिवको पूजा, उपासना गर्नाले भगवान भोलेनाथ प्रसस्त भइ आफ्नो भक्तका सबै संतृप्त नाश गर्ने विश्वास रहेको छ । श्रावण महिनामा पठन–पाठन र श्रवणका लागि सोमबार खास महत्व रहन्छ । वैदिक ज्योतिषी पात्रो ‘पञ्चाङ्ग’अनुसार यस महिना पूर्णिमामा चन्द्रमा श्रवण नक्षेत्रमा हुने । श्रवण नक्षत्रको स्वामी बृहस्पति ग्रह हुने हुनाले यस महिनामा भगवानका स्वरुपका बारेमा सुन्नाले मनमा विकार हरण हुने विश्वास गरिन्छ । धार्मिक ग्रन्थ श्रवण गर्न विशेष महत्व रहेको पाइन्छ । श्रवरणको अर्थ सुन्नु हो । यसैले श्रावण महिनामा सत्सङ्ग, प्रवचन र धर्मोपदेश सुन्नाले शुभ फल यानी पुण्य प्राप्ति हुने मान्यता छ । श्रावण महिना शिव र प्रकृतिमा समर्पित श्रावण महिना भक्ति र शक्तिका दृष्टिले उत्तम मानिन्छ ।

प्राचीन समयमा साधु, सन्त, महात्मा र संन्यासी यात्रा नगरी एकै ठाउँमा रही कथा सुन्नका, सत्वोनाम सुन्नका र जीवनको रहस्य सम्झने प्रयास गर्दथे । सांसारिक प्रपञ्चबाट टाढा रही परमार्थ चिन्तनमा जीवन बिताउँथे । श्रवणको महत्व किन ? यसको विषयमा स्कन्द पुराणमा स्वयम् भगवान शिव भन्नुहुन्छ– सनत कुमरसँग वर्षको द्वादश महिनामध्ये श्रावण मास प्रिय ।

द्ववादशस्वपि मासेषु श्रावणो मेतिवल्लभ:।
श्रवमाहँ मन्माहात्म्यं तेनासौं श्रवणो मत:।।
–स्कंद पुराण, महादेव – सनत कुमार संवाद

यसको महात्म्य (अभिप्रायपूर्ण) श्रवण गर्न योग्य हो । त्यसैले यसलाई श्रावरण महिना भनिन्छ । यस श्रवण शब्दको दुई अर्थ रहन्छ । एक अर्थ श्रवण नक्षेत्र जो आशामा देखिन्छ । दोस्रो श्रवणको अर्थ सुन्नु । यसैले यी दुई आधारमा यस महिना सर्वाधिक प्रिय मानिन्छ । स्कंद पुराणमा यसको पुष्टि गर्दछ ।

श्रवणक्षँ पौणमास्यां ततोपि श्रावरण: स्मृत:।
यस्य श्रवणमात्रेण सिद्धि: श्रावणोप्यत:।।
– स्कन्द पुराण

जति पनि महिनाको नामाकरण भयो, ती सबै पूर्णिमाको दिन चन्द्रमा कुन नक्षेत्रमा छ, उसको आधारमा बाह्र (द्वादश) महिनाको नाम दिइएको छ । जस्तै– पूर्णिमामा चन्द्रमा श्रवण नक्षेत्रमा भए श्रावण महिना, पूर्णिमामा चन्द्रमा कृतिका नक्षेत्र नभए कात्तिक महिना र पूर्णिमामा चन्द्रमा चित्रा नक्षत्रमा भए चैत महिना । यहाँ जुन महिना पूर्णिमामा चन्द्रमा जुन नक्षेत्रमा हुन्छ– पूरा महिना उही नक्षत्रको एनजी ज्यादा एक्टिभ हुन्छ । श्रावण महिनामा श्रवण नक्षेत्रको एनर्जी बढी हावी हुन्छ ।

श्रवण नक्षेत्रमा चन्द्रमा रहने र यस समयको दौरान व्यक्तिमा शास्त्रप्रति रुची हुने । वेदान्तमा सुन्नुलाई एक गणनाङ्क मुख्य एक साधना मानिन्छ । यो बताइएको छ कि परमात्मा, वेद सिर्फ श्रवणबाट नै जान्न सकिन्छ । यस कारणले गणनाङ्क हस्तान्तरण हुन्थ्यो । त्यो पनि श्रवणेन्द्रियद्वारा श्रवण गरेर गणनाङ्क प्राप्त हुन्थ्यो । हाम्रो पुरातन संस्कृतिको जान्ने वाला ऋषिगण धर्म गणनाङ्क हाम्रो अन्तस्करणसम्म स्वभाविक ढंगले मिलोस् भन्नका निमित्त श्रावरण महिनामा सबैभन्दा ज्यादा कथा, प्रवचन, वार्ता र सत्संगको आयोजना गर्ने गर्दथे ।

साथै उपवासद्वारा हाम्रो अन्दर संयमको गुण विकसित हुने त्यसैले श्रावण महिनामा उपवास गर्ने गरिन्छ । एकाग्र भएर सुन्नाले व्यक्ति वैचारिक, आध्यात्मिक तथा भावनात्मक उत्थानतर्फ अग्रसर हुन्छ । निश्चित रुपले ज्ञान प्राप्तिका लागि पहिलो चरणको श्रवण हो ।

श्रावण महिनामा प्रकृतिको महत्व

श्रावण महिना आफैंमा हर एक दिन सबेर नयाँ नूर देखिन्छ । समस्त दिन धार्मिक रंग र आस्थामा डुब्ने गर्दछ भने अर्कोतर्फ प्रकृतिको उत्सव । शास्त्रमा श्रावण महात्म्यबारेमा विस्तारपूर्वक उल्लेख मिल्छ । श्रावण महिना आफैंमा एक विशिष्ट महत्व राख्छ । श्रवण नक्षेत्र र सोमबारसँग भगवान शिवको गहिरो सम्बन्ध हुनुमा प्रकृतिको गहन भूमिका रहन्छ ।

यस महिनामा प्रत्येक दिन पूर्णताका लागि हुने हुँदा धर्म र आस्थाको अटुट गठबन्धन यस महिनामा देख्न सक्छौं । यस श्रावण महिनामा हर दिन ब्रत, जप, ध्यान, ग्रन्थ, श्रवण, पूजापाठका लागि विशेष महत्वपूर्ण मानिन्छ । वैदिक पञ्चाङ्गअनुसार सबै महिनामा कुनै न कुनै देवताको साथ सम्बन्धित देख्न सकिन्छ । यस प्रकार श्रावण महिना भगवान शिवको साथ देख्न सकिन्छ ।

यस महिना आशाको मूर्तिको समय मानिन्छ । जस प्रकार प्रकृति ग्रीष्म ऋणको आघात सहँदै उस श्रावणको बौछार (वर्षा)बाट आफ्नो प्यास बुझाउँदै असिम तृप्ति एवम् आनन्द प्राप्ति मिल्ने उही प्रकार प्राणिका इच्छाको शून्यताको (सन्नाटा)हेतु यस महिना भक्ति र मूर्तिको अनौठो संगम देखिन्छ । सबै प्राणी अतृप्त इच्छा पूर्ण गर्नका लागि भगवान शिवमा लिन भई ध्यान ल गाउन कोशिस गर्दछन् ।

यस श्रावण महिनामा भगवान शिवको अतिप्रिय हो । भगवान शिव स्वयम् प्रकृतिमा समर्पित साउन भक्ति, शक्ति र श्रवणका दृष्टिले उत्तम रहन्छ । धर्मग्रन्थका अनुसार यस महिनामा विधिपूर्वक शिव उपासन गर्दाले मनोवाञ्छित फल प्राप्ति हुने विश्वास छ । यस महिना भक्ति, आराधना र प्रकृतिमा नयाँ रंग देख्न सकिन्छ । श्रावणको रिमझिम वर्षा र प्राकृतिक वातावरणले अन्ततोगत्वा मनमा उमंग भरिदिन्छ । श्रावण महिना पूर्णरुपले प्रकृति, परमात्मा र आध्यात्मिक चिन्तानका लागि त्रिवेणीधाम भन्नमा केही अतिशयोक्ति छैन ।

धर्तीमा छाएको हरियाली र आकाशमा मेघमालाका बीच श्रावणी संस्कार बनाइ वर्षा हुन्छ । यस महिना धर्ती र सूर्यको खगोलीय सम्बन्ध पृथ्वीमा पर्ने अन्तरग्रहिय प्रभाव यस महिनाको खास विशेष आलंकृत गर्दछ । श्रावण महिना प्रकृतिको समृद्ध बनाइ दिन्छ । वाह्य प्रकृति एवम् पर्यावरण यस महिना सन्तुलित हुनका साथै समृद्धि हुन्छ अन्य महिनाको तुलनामा ।

मानव स्वभाव अन्त प्रकृति, पर्यावरण साथै शृङगारका लागि यस महिना महत्व ज्यादा रहन्छ । श्रावण–भाद्रमा वर्षा धेरै हुने हुँदा गर्मीमा सितलता प्राप्त हुन्छ । यसरी नै मनको जो अचैतन्य (आत्माविस्मृति), दर्द आदि समस्याहरु ज्ञानका श्रवण गर्नाले मनमा सन्तोष या तृप्ति हुने । ज्ञानका अभिषेक हुनका साथै मनको उपर शान्ति र शितला मिल्छ । यसरी नै तप्त धर्तीमा वर्षा हुने हुँदा धर्तीमा शितलता रहने साथै फलफूलमा नयाँ उर्जा रुपान्तरित हुने, वृक्षमा पात, फल, फूल सबै नयाँ लाग्न थाल्छ । वर्षाले धर्तीमा कृषि कार्यमा, वनस्पति, कृषि उत्पादन, खेतीपातीमा अभिष्ट भूमिका गर्छ ।

नेपाली अर्थ व्यवस्थामा कृषिको महत्वपूर्ण स्थान राख्ने हुनाले कृषि हाम्रो देशको जिविकोपार्जनका एक मात्र साधन हो । यहाँ वर्षा मौसमी हुने गर्छ । श्रावण महिनाको अर्को पक्ष अध्यात्मक विद्याका विशेषज्ञका अनुसार यस महिनाको अनेक प्रकारका धर्माचारण, अनु्ष्ठान एवम् तपक्षका विधान बनाइएको पाइन्छ । अध्यात्म तत्व जिज्ञासुका लागि श्रावण महिना पल–प्रति–पल महत्व राख्छ ।

आध्यात्मिक जीवन शैली अपनाउनु व्यक्तिलाई संकल्पवान बनाउँछ । यस संस्कार जति प्रवल भयो, त्यति नै संकल्प शक्ति विकसित हुन पुग्छ । श्रावण पूर्णिमाको दिन पूरा सालभरिको अध्यात्मिक अनुशासनको सन्तुलन कायम राख्न मुख्य सहायक सिद्ध हुन्छ । महानताको महाशिखर चढ्नका लागि महासंकल्प गर्ने धार्मिक मान्यता छ । अन्तचेतनामा शुभ संस्कारको नयाँ विरुवा उभिन्छ ।

संस्कार एवम् संकल्प यी दुवै तत्व जो व्यक्तित्वमा समृद्धि र पुण्यको विकसित गर्छ । यी चिजहरु अबलम्बन, आश्रय एवम् अनुपालनबाट नै व्यक्ति ऋणि बन्न पुग्छ भने जीवनशैलीको समूचा ढाँचा खडा गर्दछ । यदि उत्कृष्ट जीवनशैलीमा अभाव देखिएमा यसका कारण के हुनसक्छन् कि ऋषित्वको लोप हुनु । बढ्दा मानसिक बिमार पर्यावरण संकट, अभाव, सफलताले जीवन सन्तुलन बन्न पग्ने छ ।

व्यक्ति आफ्नो वास्तविक धराहर भुल्न पुग्छ । संस्कार मानवीय व्यक्तित्वको एवम् मानवीय समाजको एक प्रमुख व्यवस्था कायम गर्न ऋषिचेतना एवम् चिन्तन जागृत गर्नुपर्ने हुन्छ ।

श्रावणमा शिवलिंगमा जलाभिषेको महत्व

वैदिक सनातन धर्ममा श्रावण महिनाको महिमा विशेष महत्वपूर्ण छ । यस पावन महिनामा भक्त भगवानले शिवको पूजा आराधनामा रम्ने गर्दछन् । अक्सर जलाभिषेक या रुद्राभिषेक सालको कुनै पनि समयमा गर्न लाभदायक मानिन्छ भने यस वापत महिनामा यसको महत्व कयौं गणना अधिक शुभफलदायक मानिन्छ । यस श्रावण महिनामा सोमबार र नाग पञ्चमीका दिन जलाभिषेक यानी रुद्राभिषेक महत्वपूर्ण मानिन्छ ।

यस पावन महिनामा शिवभक्त ज्योतिर्लिङगको दर्शन एवम् जलाभिषेक गर्नाले अश्वमेघ यज्ञ समान फल प्राप्ति गर्ने तथा शिवलोक प्राप्ति हुन्ने पौराणिक मान्यता छ । शिवलिंगमा श्रावणमा जनाभिषेक गर्ने सन्दर्भमा एक ज्यादै प्रचलित पौराणिक कथा जसअनुसार जब देवता र राक्षस पूर्व कालकूट विष पनि निस्कियो उस विष भयंकर ज्यालाबाट सहारा ब्रम्हाण्ड जल्न थाल्यो र यस संकटबाट व्यथित समस्या जन भगवान शिवको पास पुगी भगवान समक्ष प्रार्थना गर्न लागे तब सो घटना बुझेर भगवान शिवले सृष्टि बचाउन उस कालकूट विष आफ्नो कण्ठमा अबरुद्ध गरिदिए । जसको कारण भगवान शिवको कण्ठ निलो हुन पुग्यो ।

समुद्र मन्थनबाट निक्लिएको उस विषपानबाट भगवान शिवले तपन सहनुपर्‍यो । अत: मान्यता यो छ कि उस समय श्रावण महिनाको समय थियो र उस तपनको शान्त गर्नका लागि देवताहरुले गंगाजलद्वारा भगवान शिवका पूजन, जलाभिषेक या रुद्राभिषेक आरम्भ गरे । त्यहि समयदेखिको यस प्रथा अहिल पनि चलिआएको छ ।

शिवलिंगमा जलाभिषेक गरी समस्त भक्त उनको कृपा प्राप्त गर्दछन् । उही भगवान शिवको रसमा विभोर भई जीवनरुपी अमृतलाई आफ्नो हृदयमा प्रवाहित गर्ने प्रयास गर्दछन् । सारा संसार ईश्वरका रुपमा मानिन्छ । जसमाथि जलधारा श्रावण महिनामा हुने गर्दछ । प्रकृति यही धर्तीको अभिषेक गर्दै जल चढाइ रहन्छिन् । यहीको नक्कल पनि हामी गर्छौं । जल चढाउने भगवान शिवमा गरिन्छ ।

आफ्नो आफ्नो कृतार्थ सम्झँदै हामी पनि ईश्वरका रचना मान्छौं । यही कृत्यका साथ जोडिएको कुनै न कुनै महिनामा भगवानको पूजा गर्छौं । यस महिनामा गायत्री मन्त्र, महामृत्यूंजय मन्त्र, पञ्चाक्षर मन्त्र जप गर्नु शुभ मानिन्छ । यस महिनामा पूर्णिमामा चन्द्रमा श्रवण नक्षेत्रका साथै योग हुने हुँदा यी दिनहरुमा शिवलिंगमा गंगाजल अभिषेक महाफदायी मान्ने गरिन्छ । भिन्नभिन्न फल प्राप्तिका निमित्त व्यक्ति शिवलिंगमा जलाभिषेक गर्दछन् । जलको वार्षले शितलता प्राप्ति हुने साथै दूध अभिषेक एवम् घिउबाट अभिषेक गर्नाले योग्य सन्तान प्राप्ति हुने मान्यता छ ।

यदि दहीबाट पशुधनको प्राप्ति हुने आस्था एवम् मान्यता रहेको छ । महादेव एक लोटा शुद्ध जलले अभिषेक गर्नाले नै ज्यादा प्रसस्त हुने भगवान हुन् । शुद्ध जलले शिवलिंगमा अभिषेक गर्नु सबसे उत्तम मानिन्छ । किनकी भरपुर जलावृष्टिबाट भगवान शिव अति प्रसन्न हुने हुँदा शुद्ध जल शिवलिंगमा अभिषेक गर्नाले प्रसन्नतम् नीलकण्ठं दयालमं । अव्यक्त शक्ति जो अस्तव्यस्त छ उसलाई शक्तिमा जल चढाउनु सर्वश्रेष्ठ माध्यम हो ।