७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला एसिया कपमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै



Indu Barma of Nepal and Esha Oza of United Arab Emirates with the Women’s T20 Asia Cup trophy a day ahead of start of the ACC Women’s T20 Asia Cup 2024 in Dambulla, Sri Lanka, on July 18, 2024. Photo by: Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE
अ+ अ-

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै छ । श्रीलंकामा सुरु हुन गइरहेको प्रतियोगितामा आज पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईबीच प्रतिस्पर्धा हुनेछ । यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७:१५ बजे सुरु हुनेछ ।

नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसिसी महिला प्रिमियर कपबाट छनोट भएको हो ।

साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा आठ टोलीको सहभागी रहेको छ । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।