४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

अम्बिका श्रेष्ठः पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

अम्बिका श्रेष्ठः पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व
अ+ अ-

काठमाडौँ । द्वारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो । यही होटलको नेतृत्व सम्हाल्ने अम्बिका श्रेष्ठ पर्यटन क्षेत्रको उदाहरणीय प्रतिष्ठित नेतृत्व पनि । द्वारिकाज होटल नेपाली परम्परागत कला, संस्कृति र सभ्यताको अनुमपम उदाहरण पनि हो ।

स्वदेश मात्र नभई विश्व पर्यटन बजारमा कहलिएको प्रसिद्ध बुटिक होटलका रुपमा स्थापित द्वारिकालाई आजको अवस्थामा ल्याउन उक्त होटलकी संस्थापक अम्बिका श्रेष्ठको अतुलनीय योगदान रहेको छ । नेपालको पर्यटन उद्योग खासगरी ‘हस्पिटालिटी’ क्षेत्रका प्रतिष्ठित नेतृत्व श्रेष्ठ अब हामी माफ कहिल्यै नफर्कने गरी अस्ताएकी छन् । वरिष्ठ पर्यटन व्यवसायी श्रेष्ठको ९२ वर्षको उमेरमा आज दुःखद् निधन भएको हो ।

पर्यटन क्षेत्रको प्रेरणादयी व्यक्तित्व श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले बताउनुभयो । “उहाँ (अम्बिका श्रेष्ठ) नेपालको लागि सच्चा स्वयंसेवक हो, पर्यटनको मात्रै हैन कुनै पनि सामाजिक कार्यमा होस् या पर्यटनको बजारीकरण र प्रवर्द्धनका लागि उहाँ जतिको दक्खल व्यक्ति विरलै पाइन्छ”, उहाँले भन्नुभयो, “श्रेष्ठको निधनले पर्यटन क्षेत्रमा एक खालको ‘ग्याप’ रहन्छ । पछिल्लो पुस्ताले उहाँबाट धेरै कुरा सिकेको छ । उहाँको योगदानलाई पर्यटन क्षेत्रले जहिले पनि सम्झिरहने छ ।”

नेपाली कला, संस्कृतिलाई संवर्द्धन गर्दै व्यावसायिक रुपमा सफल एवं सुविधा सम्पन्न तारे होटल रिसोर्टहरुको सञ्चालन गर्ने स्व। श्रेष्ठले प्रारम्भ गर्नुभएको महिला उद्यमशिलताको विकास स्वदेशमा मात्र नभई विदेशमा प्रसंशित छ । उहाँ र उहाँको परिवारबाट प्रवर्द्धित हेरिटेज होटल तथा रिसोर्टले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय रुपमा रहेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न सङ्घ सङ्गठनमा प्रभावकारी नेतृत्व गर्नुहुने स्व श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियान्ता गुमाएको होटल सङ्घका अध्यक्ष विनायक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “द्वारिकाज होटल पाँचतारे ‘हेरिटेज’ होटल हो । देशको कला, संस्कृति र सभ्यताको समिश्रण गरेर व्यावसायिक रुपमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालन गरेर विश्व पर्यटन बजारमा मानको रुपमा स्थापित गर्ने श्रेय अम्बिका श्रेष्ठलाई जान्छ, यसले देश र समाजलाई महत्वपूर्ण योगदान दिएको छ ।”

पर्यटन क्षेत्रका विभिन्न अगुवा सङ्गठनको नेतृत्वदायी भूमिकामा लामो समय काम गरेको अनुभवका साथै नेपाललाई विश्वभर पहिचान गर्न श्रेष्ठ र उहाँले नेतृत्व गरेको होटलको महत्त्वपूर्ण भूमिका रहेको छ । अध्यक्ष शाहले श्रेष्ठ भौतिक रुपमा नरहे पनि श्रेष्ठले पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान सधैँ चीरस्मरण रहने बताउनुभयो ।

नयाँ पुस्ताको लागि प्रेरणादायी नेतृत्व स्व श्रेष्ठले नेपाल सम्पदा सङ्घमार्फत सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिनुभएको छ । पर्यटन क्षेत्रमा मात्रै नभई महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तिकरणमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका रहेको छ ।

श्रेष्ठको निधनले मुलुकको समग्र पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगको र व्यावसायिक अभिभावक गुमेको पर्यटन व्यवसायीको बुझाइ छ । नेपाल आउने पर्यटक पाहुनालाई परम्परागत रैधाने खानाको परिकार पस्केर नेपालको आतिथ्य पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गर्नुभएको थियो । साथै नेपाल आउने विशिष्ट पाहुनाको रोजाई पनि द्वारिकाज होटल हुन्थ्यो ।

वैशाखी टेकेर पनि पर्यटनका हरेकजसो कार्यक्रममा सक्रिय सहभागि हुनुहुन्थ्यो । उहाँको उपस्थिति र ऊर्जाशील भनाइले उहाँ उद्यमीलाई उत्साह र उत्प्रेरणा जगाउने गरेको अनुभव सुनाउनुहुन्छ वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य । “अम्बिका श्रेष्ठ पर्यटनको लागि आइकोनिक लिटर हो, उहाँको निधनले पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “श्रेष्ठको व्यक्तित्व नै महिला सशक्तीकरण, पर्यटन उद्योगलगायतमा ख्याती कमाउनुभएको छ । बोलेरभन्दा पनि काम गरेर परिणाम देखाउने श्रेष्ठ पर्यटनको देवीको विम्बको रुपमा स्थापित हुनुहुन्छ । उहाँले हस्पिटालिटी सेवामार्फत गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन महत्त्वपूर्ण योगदान गर्नुभएको छ ।”

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनबाट पर्यटन क्षेत्रले अभिभावक गुमाएको बताउनुभयो । “श्रेष्ठको गुणस्तरीय पर्यटन, वातावरणमैत्री पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा अतुलनीय योगदान रहेको छ”, उहाँले भन्नुभयो, “श्रेष्ठ नयाँ पुस्ताका लागि ऊर्जाशील र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा पनि उहाँको उत्तीकै सक्रियता थियो ।”

विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । भारतको सिक्किममा सन् १९३३ फेब्रुअरी १२ मा जन्मनुभएकी श्रेष्ठले पटना युनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक सममको अध्ययन गर्नुभएको छ । नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ छिरेकी श्रेष्ठ श्रीमानको मृत्युपछि द्वारिकाज होटलको अध्यक्ष हुनुभयो ।

पछिल्लो समय उहाँकी जेठी छोरी सङ्गीता श्रेष्ठले होटलको तेतृत्व सम्हालिरहनुभएको छ । सफल महिला उद्यमीको रुपमा उहाँले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेको छ । विभिन्न सामाजिक संस्थासँग आवद्ध हुनुहुन्छ ।

यसैबीच नेपाली पर्यटन क्षेत्रकी अग्रणी व्यक्तित्व श्रेष्ठको असामयिक निधनप्रति होटल सङ्घ नेपालले गहिरो दुःख प्रकट गर्दै स्व श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा समवेदन व्यक्त गरेको छ । रासस