२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब कोहलीले नेपाली हिमाल भारतको भन्दै प्रचार गरे…



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो भिडियोमा नेपाली हिमाल राखेपछि नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र आलोचना गरेका छन् ।

पेरिस २०२४ मा सहभागी हुने भारतीय टोलीलाई शुभकामना दिने क्रममा निर्मित उनको भिडियोमा नेपाली हिमाललाई देखाइएको छ ।

कोहलीले गत सोमबार उक्त भिडियो आफ्ना विभिन्न सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । भिडियोको सुरुमै नेपालको हिमाल प्रयोग गरिएपछि कोहलीको आलोचना भइरहेको छ ।

उक्त हिमाल अन्नपूर्ण क्षेत्रभित्र पर्ने चुलु पूर्वी हिमाल भएको बताईएको छ ।