२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा फाइनलमा चोट बोकेका मेसीले इन्टर मियामीका दुई खेल गुमाउने



अ+ अ-

काठमाडौँ । कोपा अमेरिकाको फाइनल खेलमा चोटिल बनेका लियोनल मेसीले इन्टर मियामीका दुई खेल गुमाउने भएका छन् ।

उनले जुलाई १९ र जुलाई २० मा हुने मियामीका दुई खेल र जुलाई २४ मा हुने एमएलएस अल स्टार खेल गुमाउने बताइएको छ ।

आठ पटकको बालोन डी ओर विजेता मेसीले कोपा अमेरिका २०२४ को फाइनल खेलमा गम्भीर चोट बोकेका थिए ।

फ्लोरिडाको हार्डरक स्टेडियममा भएको खेलमा मैदानमा ढलेका उनी रुँदै मैदान छाड्नुपरेको थियो ।

अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले हराउँदै उपाधि जितेको थियो । खेलका दौरान मेसीको खुट्टा सुन्निएको तस्बिर र भिडियोमा देखिएको थियो ।

मेसी कहिले मैदान फर्किन्छन् भन्नेबारे टुंगो लागिसकेको छैन ।