२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्याबाट टाढा हुँदैछन् अगस्त्य ? नतासाले घर छोडेर फ्लाइट समातिन्



अ+ अ-

एजेन्सी । भारतीय टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्या र उनकी श्रीमती नतासा स्टान्कोभिकबीच केही समयदेखि राम्रो सम्बन्ध चलिरहेको छैन । यो जोडीको वैवाहिक जीवनमा कलह रहेको बताइएको छ ।

आईपीएल २०२४ मा मुम्बई इन्डियन्सको कप्तानी गर्दा हार्दिकलाई धेरै ट्रोलको सामना गर्नु परेको थियो, सबैले उनलाई समर्थन गरिरहेका थिए, तर नताशा यस्तो कठिन समयमा उनको साथमा देखिइनन् ।

जसबाट दुईबीच केही नमिलेको चर्चा सुरु भयो । यसपछि हार्दिक पाण्ड्याले २०२४ को टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै भारतको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए तर उनको उत्कृष्ट प्रदर्शनका बाबजुद नताशाले उनको लागि कुनै पोस्ट पनि सेयर गरिनन् ।

यसैबीच, हालै नताशा स्टान्कोभिकले आफ्नो इन्स्टाग्राम खातामा एउटा स्टोरी सेयर गरेकी छिन्, जसमा सामान देखिन्छ ।

हालै हार्दिक पाण्ड्या र उनकी श्रीमती नताशा स्टान्कोभिक छोरा अगस्त्यसँग चार्टर्ड फ्लाइटमा उडिरहेको देखिएका थिए, जसको भिडियो भाइरल भइरहेको छ । सम्बन्धविच्छेदको खबरकाबीच नताशाले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन् ।

उनले ‘यो वर्षको त्यो समय हो’ शब्दहरू सहितको सुटकेसको तस्विर पोस्ट गरेर आफ्नो गृहनगर सर्बिया फर्कने संकेत गर्दै विमान र घरको इमोजी पनि पोस्ट गरेकी छन् । उनले आँसुले भरिएको इमोजी पनि सेयर गरेकी छन् । यस क्रममा उनी छोरा अगस्त्यसँग देखिएकी थिइन् । यस्तो अवस्थामा उनले घर छोडेर गएको अनुमान गरिएको छ ।